पहिलो सिड्नी नेप्लिज सकर कप सम्पन्न 

बेनी एफसीले चुम्यो सकर कपको उपाधि
-- The NTA / प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३
बिगत चार महिना देखि संचलन हुदै आइरहेको  सिड्नी नेप्लिज सकर कप हालै सम्पन्न भएको छ । सिड्नीका १० टिम सहभागी उक्त प्रतियोगिताको फाइनल खेल गत शनिबार गत हप्ता मात्र 5 sports Caringbah सम्पन्न भयो।डाफे कल्बलाई ट्राईबेकरमा पछि पर्दै प्रतियोगिताको उपाधि जितेको बेनी एफ सीको उक्त फाइनल खेल राति ८ बजे मात्र समाप्त भएको थियो।
अति नै प्रतिस्पर्धात्मक उक्त खेलमा डाफेका खेलाडीले पाएको पाएको पेनाल्टीलाई रवि सिन्केमानले सुरुवाती गोल गरेका थिए। लगतै पेनाल्टीको मौका बेनी एफ सीका खेलाडिले समेत पाएको थियो उक्त मौका बेनी एफसीका बर्षात मगरले  गोलमा परिणत गरि दुवै टिम १-१- को बराबरीमा प्रतिस्पर्धात्मक खेल खेलेका थिए । पहिलो हाफको अन्तिम तिर बेनी एफसीका सुसन श्रेष्ठको क्रसमा सविन केसीले हेड गोल गर्दै खेलमा २-१ ले अग्रता लिने मौका पायो ।
तर अग्रता धेरै टिक्न सकेन बेनी एफसीको गोल किपरको गल्तीको फाईदा उठाउदै पाएको फ्रि किकलाई डाफेका निर्देशले सदुपयोग गर्दै खेल २-२ बराबरीमा ल्याएका थिए । त्यस पछि दुबै टिम निकै आक्रमण शैलीमा खेलेका थिए । खेलको अन्तिम तिर डाफे १० खेलाडीमा सिमित भएको थियो ८० मिनेतको बाकी समय दुबै टिमबाट गोल हुन नसकेपछि खेल  ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा बेनीले डाफेलाई ४-२ ले पराजित गर्दै पहिलो सिड्नी नेपलिज सकर कपको उपाधी उचाल्न सफल भएको हो । प्रतियोगिता भर सबै भन्दा धेरै १३ गोल गर्दै र फाइनल खेलको म्यान अफ द म्याच बेनी एफ सीका सबिन के सी बनेका थिए।