प्यासिफिक कलेज ट्वान्टी–२० क्रिकेटको उपाधि लुम्बिनी क्रिकेट क्लबलाई

२६ मार्च सिड्नी , नेप्लिज क्रिकेट एसीसोएसन अस्ट्रेलिया द्वारा आयोजित प्यासिफिक कलेज ट्वान्टी–२० क्रिकेटको उपाधि रुपन्देही सामाजिक संजाल द्वारा प्रायोजित लुम्बिनी क्रिकेट क्लबले जितेको छ । सत्र वटा टीम सहभागी भर्इ ६ महिनासम्म चलेको प्रतियोगिताको फाइनल खेल गत आइतबार सम्पन्न भएको हो ।
स्थानिय पिरना पार्कमा भएको उक्त खेलमा लुम्बिनी क्रिकेट क्लबले लाली गुरास क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनी क्रिकेट क्लबका क्याप्टेन गोविन्द कार्कीले टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय लिएको उक्त प्रतियोगितामा लाली गुरास कल्बले पहिला ब्याटिंग गरि १९.१ ओवरमा ११० रनमा अल आउट भएको थियो । १११ रनको लक्ष्य लुम्बिनी कल्बले केवल १८ ओवरमा मात्र ४ विकेट गुमाई पुरा गरेको थियो ।
लाली गुरास कल्बका विस्फोटक ब्याट्समेन आशिष पाण्डेले १८ बलमा ३८ रन बनाइ गतिलो सुरुवात दिएको थियो । तर लुम्बिनीको कसिलो बलिङ्गले गर्दा लाली गुरासको ब्याट्समेनहरु खुलेर खेल्न सजिलो नभएको देखिन्थ्यो । लाली गुरासका लागि आशिष पाण्डेको अलबा उशर चालिसे ले १६ रन बनाएका थिए। बलिङ्ग तर्फ़ लुम्बिनीका अभय श्रेष्ठ र सागर खड्का ले ३-३ विकेट, गोविन्द कार्की, साहिल खान र दिपेन्द्र भट्टराई ले १- १ विकेट लिए भने एक जना रन आउट भएका थिए ।
१११ रनको मध्यम लक्ष्य लिएर लुम्बिनी क्लबका सलामी जोडी मुकेश रेग्मी र गोविन्द कार्की क्रिजमा आए र पहिले विकेटको लागि कार्की र रेग्मी ले ४३ रन को उत्कृष्ट साझेदारी गराउन सफल भएका थिए । लुम्बिनीका लागि साहिल खानले सर्बाधिक २३ बलमा ३८ रन जसमा मनिषको बलमा लगातार ४ छक्का प्रहार गरे त्यस्तै मुकेश रेग्मीले ४४ बलमा २९ रन, बलिङ्ग तर्फ़ लाली गुरासका तर्फबाट आविस्कार सुनारले २ विकेट, उशर चालिसे र दीपक श्रेष्ठले १- १ विकेट लिएका थिए ।उक्त खेलमा २३ बलमा ३८ रन र १ विकेट लिएका लुम्बिनी क्रिकेट क्लबका साहिल खान म्यान अफ दी म्याच घोषित भएका थिए ।
आउदो अप्रिल २९ मा हुने एनसीएए नाइटमा एक दिवसिए एवम ट्वान्टी–२० बिजेता उप बिजेता टिमलाई ट्रफी र खेलाडिरुलाई पदक बितरण गरिने कार्यक्रम रहेको छ। उत्कृष्ट ब्याट्स् म्यान, उत्कृष्ट बलर, प्लेएर अफ दि सिरिज, उत्कृष्ट युबा प्रतिभा खेलाडिहरु लगाएत बिभिन्न विधाबाट प्रोत्साहन स्वरुप पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ।
(फोटो एबं समाचार प्रकाश थापा, सिड्नी)
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



