विश्व महिला सम्मेलन काठमाडौँमा हुने
काठमाडौँ, फागुन २८ गते। ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नाराका साथ आगामी फागुन ३० गतेदेखि चैत ५ गतेसम्म काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ ।
दोस्रो विश्व महिला सम्मेलन मूल आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वका महिला र विश्वको महिला आन्दोलनका बारेमा छलफल हुने जानकारी दिएको हो । उक्त सम्मेलनमा नेपाल, भारत, भेनेज्युएलालगायत विश्वका ४७ देशका ७०० प्रतिनिधिको उपस्थिति रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिनुभयो ।
नेपालबाट नेकपा ९एमाले० निकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला सङ्घ, एमाओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०, नेकपा ९माले० निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ, नेकपा संयुक्त निकट अखिल नेपाल महिला सङ्घ फेडेरेसनको सहभागिता रहनेछ ।
सम्मेलनमा साम्राज्यवाद, पुँजीवाद, र महिलामाथिको उत्पिडन, महिला आन्दोलन र महिलावाद, युद्धको आक्रामकता र महिला मुक्ति, स्वाधिनताको लडाईमा महिलाको भूमिका, श्रमिक वर्गीय आन्दोलन, युनियनको सङ्घर्षमा श्रमिक महिलाको भूमिका, युवा महिला र राजनीतिमा युवा महिलाको सहभागिता र महिला मुक्तिको लागि सङ्घर्षलगायतका नौ वटा विषयमा छलफल हुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांँस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनमा नेपालबाट सात कम्युनिष्ट राजनीतिक दलका ३५० र विदेशी ३५० जनाको उपस्थिति रहनेछ ।
हरेक पाँच वर्षमा हुने सम्मेलनमा पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेज्युएलामा भएको थियो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...