डा. बाबुराम भट्टराई पक्राउ

काठमाडौैं- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई प्रहरीले आइतबार काठमाडौंमा पक्राउ गरेको छ । निर्वाचन आयोग घेराउ कार्यक्रममा सहभागि भएका भट्टराईलाई प्रहरीले कान्तिपथबाट पक्राउ गरेको हो ।
प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै वैद्य माओवादीका नेता सीपी गजुरेललाई पनि पक्राउ गरेको छ ।
दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले ट्रकमा राखेर प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताएका छन् । उनीहरुलाई अहिले नेपाल प्रहरी २ नम्बर गण महाराजगञ्जमा राखिएको बताइन्छ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ भने अरु दलका उम्मेदवारले दलीय चुनाव चिन्ह पाउने छैनन् । स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ । यसकै विरोधमा असन्तुष्ठ नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोग घेराउ गरेका हुन् ।
तस्बिर सौजन्य : अनलाइनखबर
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...