कपिलका शब्दमा ‘भुकम्प’ का कुराहरु 

भिडियो सहित
-- / प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३
अस्ट्रेलियाका परिचित युवा ब्यबसायी कपिल नेपालका शब्दहरुमा भूकम्पका दुखद पिडाहरु सकारात्मक संदेश सहित संगीतमय बनेर हालै युट्युब मार्फत सार्बजनिक भएको छ । “धेरै सुने,  धेरै देखे गाउँ बनाउने कुराहरु”  बोलको यस गीत नेपाली आधुनिक गितका प्रसिद्द गयाक राम कृष्ण ढकालले आफ्नो कर्ण प्रिय स्वरमा सजिएको छ भने शिखर सन्तोषले संगीत भरेका छन् । म्युजिक भिडियोको रुपमा आएको यस गीतको कन्सेप्ट डा. सन्तोष नेपालको हो, गीतलाई सम्पादन प्रकाश तुलाधरले गरेका हुन् भने क्यामरामा देबराज गुरुङ र एरेन्जर बिष्णु अधिकारी हुन् ।
गितकार कपिल नेपालका अनुसार नेपालले भोगेको त्रासदी भुकम्पको प्रोकोपको समय गन्दा २ बर्ष पुग्नै लाग्दा पनि पुनर्निर्माणका काम सोचेजस्तो हुन नसकेको यस स्थितिले सबैलाई जस्तै आफुलाई पनि छोएको र यसलाई संगीत मार्फत सबैमा सकारात्मक उर्जा भर्न यो प्रायस गरेको द नेपाली टाईम्स अस्ट्रेलिया सँग बताए । एकातिर भूकम्पको आलो घाउले धेरै पिडितको मन मस्तिष्क अझै राम्रो सँग शान्त हुन पाएको छैन भने अर्कोतिर त्यस बखत आएका धेरै आश्वाशनहरु प्रति पिडित परिवार आशाबादी भएर पर्खेर बसेका छन् । तर पनि २ बर्ष  बित्नै लाग्दा पनि छानो आझै उस्तै छ, भित्ता अझै रित्तै छ । यसै सेरोफेरोमा बरु हामी आफै स्वाबलम्बी बनौ, सक्दो गर्दै जाउँ भन्ने सकारात्मक संदेश सहित अरुको भरमात्र नपरी आँफै कम्मरकसी पुनर्निर्माणमा लागि परेका साहसी गाउँलेहरु प्रती समर्पित गर्दै यो गित सार्बजनिक गरेको नेपालले बताए ।
भिडियोको लागि: