देश लोडसेडिङमुक्त भएको कुलमान कुलमान घिसिङको घोषणा

काठमाडौं— नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले देश पूर्ण रूपमा लोडसेडिङ्मुक्त भएको तथा अबको तीन वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर हुने घोषणा गरेका छन् ।
प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिसिङले अबको तीन महिनाभित्र उद्योग तथा कलकारखानामा पनि लोडसेडिङ नहुने बताएका हुन् । हाल औद्यौगिक क्षेत्रमा बेलुका दैनिक चार घण्टा लोडसेडिङ हुँदै आइरहेको छ । त्यस्तै निर्माणाधिन विभिन्न जलविद्युतमार्फत अबको तीन वर्षभित्र १२ सय मेघावाट विद्युत उत्पादन हुने र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने भएको छ । आगामी एक वर्षभित्रै २०० मेघावाट विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा एक वर्ष भित्रमा १००० मेघावाटको ट्रान्सफर्मर मार्फत विद्युत् आपूर्ति हुने भएको छ । अहिले उपत्यकामा ४०० मेघावाटको ट्रान्सफर्मर मार्फत विद्युत्त आपूर्ति भइरहेको छ ।
गत वर्ष १७३० मेघावट विद्युत् १४ अर्ब रुपैयामा आयात भएको र यो आर्थिक वर्षमा १५ अर्बमा १९७२ मेघावट विद्युत् आयात गर्ने सम्झौता भएको कार्यकारी निर्देशक घिसिङ्ले बताएका छन् । घिसिङका अनुसार एक प्रतिशत मात्रै बढी रकममा गत वर्षभन्दा १४ प्रतिशत बढी विद्युत्त आयात गरिएको छ । १५ अर्बको सम्झौतामा हालसम्म ९ अर्बको विद्युत् आयात भइसकेको छ ।
२५ चैतमा विद्युत् सुरक्षा दिवस मनाइने
यसैबीच नेपाल विद्युत्त प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिन्यर्सको संयुक्त आयोजनामा २५ चैत (अप्रिल ७) मा विद्युत्त सुरक्षा दिवस मनाइने भएको छ । ७५ जिल्लाका विद्युत् प्राधिकरण कार्यालयबाट विद्युत्त खपत तथा चुहावट नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाइने प्राधिकरणले जनाएको छ । विगत ६ महिनामा चुहावटको नियन्त्रणबाट मात्रै चार प्रतिशत विद्युत खपत भएको र एक अर्ब २५ करोड रुपैंया बचत भएको घिसिङले जानकारी गराएका छन् ।
लोडसेडिङ हटाउने अभियानका क्रममा कर्मचारीहरू रातदिन खटेको र यसले विशेषगरी फिल्डमा खटिने कर्मचारीहरू बढी जोखिममा रहेको प्राधिकरणले जनाएको छ । विद्युत्त सुरक्षा दिवसले विद्युत्तिय जोखिम कम गर्न जनचेतना फैलाउने प्राधिकरणको दावी छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



