एनआरएनहरूलाई सदस्यताको लागि आह्वान किन बन्ने सदस्य ?

एनआरएनए विश्व संजालमा अष्ट्रेलिया सांगठनीक हिसाबले मात्र होइन यसले देशप्रति गरेको विविध परोपकारिताका कार्यहरू र लगानीको हिसाबले पनि छुट्टै उचाई स्थापना गर्न सक्षम संस्था हो ।
-- सुजित सिग्देल, अावरण अप्रिल अंक २०१७ / प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७३

सन् २००३ सालको अक्टोबरमा स्थापना भएको गैर आबासीय नेपाली संघ (Non Residence Nepali Association -NRNA) ले अहिले ग्लोबमा देखिएका मध्ये ७५ देशमा आफ्नो संजाल विस्तार गरिसकेको छ । पक्कै पनि संस्थाको आकार फराकिलो हुदै जादा यसमा आउने जाने केहि विवादका कुराहरूलाई अस्वाभाविक नलिने हो भने नेपाल सरकारले समेत मान्यता दिएको र विश्व संजालमा यति धेरै फराकिलो रहेको संस्था अरु सायदै होला । देश छोडेका पहिलो पुस्ता भएका कारण पनि हुन सक्छ हामी भावनात्मक रुपमा अलिक बढी तरल छौं, र त राष्ट्रप्रतिको हाम्रो प्रेम जुन सुकै बेला जहा पनि छताछुल्ल हुन्छ । बिदेशी भूमिमा हाम्रो आफ्नै खाले र अलिक फरक संस्था होस् जो भूगोल राजनीतिभन्दा माथि उठेर हामीलाई सानातिना विभाजन होइन एउटै नेपाली नामको परिचयले चिनाओस् त्यसको भोक केहि हदसम्म एनआरएनएले पूरा गरेको छ भन्दा अतियुक्ति नहोला ।

एनआरएनए विश्व संजालमा अष्ट्रेलिया सांगठनीक हिसाबले मात्र होइन यसले देशप्रति गरेको विविध परोपकारिताका कार्यहरू र लगानीको हिसाबले पनि छुट्टै उचाई स्थापना गर्न सक्षम संस्था हो । त्यसैले पनि अष्ट्रेलिया भित्र करिब ६ दर्जन भन्दा बढी संघ संस्थाहरू बिद्यमान र सक्रिय रहंदा समेत एनआरएनए अष्ट्रेलियाको भिन्न उचाइ छ । यसका केहि सकारात्मक र थोरै नकारात्मक टिप्पणीहरू सुनिदै गर्दा पनि जब एनआरएनएको अधिबेशन नजिकिन्छ तब सामान्य बेलाभन्दा संस्थाको चर्चा परिचर्चा अलिक बढी नै हुन्छ । आउने जुलाई महिनालाई लक्षित गरेर हुँदै गरेको एनआरएनए अधिबेशनको सेरोफेरोमा एक पटक फेरि सदस्यता बन्नका लागि वर्तमान कार्य समिति र यसका अभियन्ताहरूले सबैलाई अनुरोध गरेका छन् ।

 

किन बन्ने त एनआरएनए अष्ट्रेलियाको सदस्य ?

हेर्दा सामान्य लागे पनि यो एउटा जटिल प्रश्न हो, करिब लाखदेखि सबा लाखको हाराहारीमा नेपालीहरू बसोबास गर्ने अष्ट्रेलियामा एनआरएनएको रजिस्टर्ड सदस्य संख्या प्रतिशतमा भन्ने हो भने २ प्रतिशत पनि छैन । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू एकदमै मिश्रित खालका छन् आर्थिक रुपमा अष्ट्रेलियाकै सम्पन्नमा पर्नेदेखि बौद्धक रुपमा अष्ट्रेलियन सरकारलाई नीति निर्माणमा सुझाउने बिज्ञ र बैज्ञानिकहरू नेपाली समुदायमा देखिन्छन् । अर्को तिर भर्खरै अध्ययन र रोजगारको शिलशिलामा यहा आएकाहरूको संख्या झन् ठुलो छ । एनआरएनएको बिधान अनुसार अष्ट्रेलियामा बसोबास गर्न थालेको समय र विद्यार्थी भिसा बाहेकमा रहेकाहरू मात्र संस्थाको सदस्य बन्न सक्ने प्राबधानले पनि गतसालबाट ठूलो संख्याका बिद्यार्थीहरू नसमेटिदा सदस्य संख्यामा कमि आएको देखिन्छ । अर्को तिर एनआरएनएको सदस्यता बन्ने परम्परा सदस्यता बन्ने र बनाइने तरिका प्रति धेरैको धेरै पटक विविध गुनासाहरू नआएका होइनन् । त्यस्तै अधिबेशन नजिकै आउँदै गर्दा अधिबेशनलाई नै लक्षित गरि खोलिने सदस्यताले नेतृत्वका बारेमा खासै चासो नहुनेहरूलाई छुन नसकेको पनि देखिन्छ ।

अष्ट्रेलियाको हकमा सामाजिक कल्याणकारी कोषले धेरैलाई धेरै सहयोग मिलेको छ, नेपाल सरकारले तोकेको परिधिमा रहेर हामीले एनआरएनएको बिधान परिबर्तन गर्दै गर्दा विद्यार्थीलाई नसमेटेको देखिए पनि यस्ता कोषबाट लाभान्वितहुनेहरूमा लगभग शत–प्रतिशत विद्यार्थी नै छन् ।

त्यसैले एउटा संस्थाको सदस्य किन बन्ने भन्ने कुरा धेरै हदसम्म यो उचाइमा पुगेको संस्थाले सार्बजनिक रुपमा भन्न नसकेको हो कि या सर्बसाधारणहरूलाई उत्प्रेरित गर्ने ठोस बिषयबस्तुको अभाबमा यस्तो हुन गएको पनि हुन सक्छ । एनआरएनए अभियानमा लामो समयसम्म रहेकी र हाल एनआरएनएको केन्द्रिय प्रबक्ताको रुपमा सक्रिय रन्जु थापा बिधानले सदस्य बन्ने योग्य अष्ट्रेलियामा रहेका सबै नेपालीहरूलाई सदस्यता बन्नका लागि अनुरोध गर्दै बिदेशी भूमिमा त्यहा रहेको दूताबाससग समन्वय गरि नेपाल सरकार कै नीति निर्माणमा पहुचं पुराउन सक्ने संस्थाको एक हिस्सा बन्न अनुरोध गरेकी छन् । बिश्व डायस्पोरामा मजबुत संजाल रहेको र अष्ट्रेलियाको नेपाली समुदायमा छुट्टै स्थानमा रहेको यस संस्थाको सदस्य बन्दै गर्दा समुदायप्रति र देशप्रति उक्त सदस्यको उतारदायित्व पूरा गर्न सराहनीय कार्य देखिने थापाको भनाइ छ । किनकि यति ठुलो संस्थाको सदस्यता बन्दै गर्दा अष्ट्रेलियादेखि अन्तर्राष्ट्रिय समन्वय समितिसम्म संस्थाको नेतृत्व छान्ने एक अभियानमा सक्रिय हुन् सकिने र अर्को तिर सदस्यता बापत तिरेको रकम अष्ट्रेलियाको सोसियल वेल फेर फन्डदेखि नेपालको एनआरएनए बिल्डिंग फन्ड हुदै अन्य परोपकरी कार्यमा समेत जाने भएकोले स्वतः परोपकारिताको समेत हिस्सा बनिनेछ ।

त्यसै गरि एनआरएनएको स्थापना कालदेखि संधै सक्रिय, केन्द्रिय उपाध्यक्ष हुदै केन्द्रिय सल्लाहकार र हालकी संरक्षक रहेकी इन्द्रा बन एनआरएनएको संजालमा आएको ब्यापकता देखेर प्रसन्न छिन् । हिजो इन्डिया र बंगलादेश लगायतका देशहरूको बिश्व परिवेशको संस्था देखेर त्यसैबाट प्रेरित हुदै खोलेको एनआरएनए अहिले बिश्व संजालमा सबैभन्दा शक्तिशालि संस्थाको रुपमा उभिएको छ । यसको जस सबै एनआरएनएका सदस्यहरूलाई नै जान्छ । त्यसैले पनि इन्द्रा वन बिधान अनुसार सबैलाई सदस्य बन्न अनुरोध गर्छिन् ।अष्ट्रेलिया सरकारबाट नागरिक तहमा दिईने उच्च सम्मान अर्डर अफ अष्ट्रेलियाबाट समेत सम्मानित इन्द्रा बनले एनआरएनए अष्ट्रेलियालाई यहाको नेपाली समुदायको आवाज सरकारी स्तरमा पुराउनको लागि सबैलाई समेट्न सकिने प्लेटफर्म बनाउनका लागि पनि सबैलाई सदस्य बन्न अनुरोध गर्दछिन् । अहिले बिश्वको जुनसुकै कुनामा कुनै एक नेपालीले जस्तो सुकै आपत बिपत परे पनि उसले एक्लो महशुस गर्नु पर्दैन कुनै न कुनै रुपमा एनआरएनए उनीहरूको सहयोगको लागि सारथी बनेको छ । त्यसैले गर्दा कयौं ज्यानहरू बचेका छन् कयौं दाजुभाइ दिदीबैनीको देश फिर्ति सहज बनेको छ । हो त्यसैको निरन्तरता र डायस्पोरामा रहेको हाम्रो शाख जोगाउनको लागि समेत उनको सबैलाई सदस्य बन्न आग्रह छ । अर्को तिर अष्ट्रेलियाको हकमा सामाजिक कल्याणकारी कोषले धेरैलाई धेरै सहयोग मिलेको छ, नेपाल सरकारले तोकेको परिधिमा रहेर हामीले एनआरएनएको बिधान परिबर्तन गर्दै गर्दा विद्यार्थीलाई नसमेटेको देखिए पनि यस्ता कोषबाट लाभान्वितहुनेहरूमा लगभग शत–प्रतिशत विद्यार्थी नै छन् । त्यसैले पनि हामीले विद्यार्थीलाई नसमेटेको होइन यो नेपाल सरकारको प्राबधानले हो । अर्को तर्फ नेपालमा परेको प्रकृति प्रकोपका बेला जसरी यहाका नेपालीले अष्ट्रेलियाबाट एनआरएनए अष्ट्रेलियालाई बिश्वास गरि त्यति ठुलो रकम सहयोग गरे त्यो अर्को हाम्रो बिश्वास र आस्थाको आधार हो त्यो आधारलाई मजबुत गर्न पनि सबैलाई सदस्य बन बनको अनुरोध छ ।

यसरी हेर्दा २ बर्षको २५ डलर तिरेर सदस्यता बन्दा त्यो रकम एनआरएनएको अन्तर्राष्ट्रिय समन्यवय समितिदेखि एनआरएनएको बिल्डिंग कोष हुदै यहाको सामाजिक कल्याणकारी कोषमा समेत जाने हुँदा निश्चय पनि प्रत्यके सेन्टसेन्टको सदुपयोग देखिन्छ । त्यस बाहेक एनआरएनए अष्ट्रेलियाले यहा विद्यार्थी, अभिभाबक र स्वस्थ सरोकारका बिषयमा संचालन गर्ने विविध जानकारीमूलक कार्यक्रमहरू पनि त्यहि रकम बाटै संचालन हुने हुदा माथि भनिए जस्तै परोपकारी कार्यको हिस्सा बन्न पनि सदस्यता बनौं भन्ने एनआरएनएले गरेको अभियानमा सरिक हुदा हाम्रो आपासी एकता र सौहार्दता झन् मजबुत हुने देखिन्छ ।

 

कस्ता–कस्ता छन् त यस पटकको सदस्यताका प्राबधान

आफ्नो देश सुहाउँदो सदस्यता वितरण गर्ने सबैको सुझाबलाई अनुसरण गर्दै यस पटकदेखि बिधान मै हेरफेर गरि ३ प्रकारका सदस्य एनआरएनए अष्ट्रेलियाले अगाडि सारेको छ जस मध्ये पहिलो सदस्यता यहा १८० दिन भन्दा बढी बसेका र विद्यार्थी वा नेपाल सरकारबाट कुटनीतिक भिषामा खटाइएका बाहेकलाई आवश्यक कागज पत्र सहित सदस्य बन्न सकिनेछ यस्ता सदस्यको सदस्य शुल्क एक जनाको २५ डलर र परिवार को ५० डलर तोकिएको छ । यो शुल्क बाट ५ डलर कल्याणकारी कोषमा र अर्को ७ डलर बिल्डिंग प्रोजेक्ट र फेरि ५ डलर अन्तराष्ट्रिय समितिलाई जाने छ अन्य रकम यहा हुने बिभिन्न कार्यक्रमहरूमा मितब्ययी तरिकाले खर्च गरिनेछ । त्यसै गरि यस पटकबाट आजीबन सदस्यको पनि प्राबधान छ जसमा माथि भनिएको सदस्य बन्न योग्य व्यक्ति ले २५० डलर तिरी आजीवन सदस्य बन्न सक्नेछ । यी दुई सदस्य बाहेक यहा विद्यार्थी भिसामा रहेका नेपाली बिद्यार्थी तथा नेपाल र नेपाली संग अपनत्व महसुस गर्ने अन्य मुलुकका विदेशी नागरिकलाई एसोसिएट सदस्यता दिने प्राबधान विधानमा पहिलेदेखि भए पनि त्यसलाई व्यवहारमा उतार्नको लागि यस पटकदेखि अष्ट्रेलियन १० डलर शुल्क लिएर एसोसिएट सदस्यता खुल्ला गरिएको छ । एसोसिएट सदस्यता शुल्कबाट जम्मा भएको रकम बिद्यार्थी कल्याणकारी कोषमा जम्मा गरेर बिद्यार्थीहरूको हकहितको लागि प्रयोग गरिने छ । एसोसिएट सदस्यहरू नेतृत्व छान्ने प्रक्रियामा परिबेक्षकको रुपमामात्र सहभागी हुन सक्नेछन् उनीहरूलाई मताधिकार अधिकार रहने छैन । भने भोलि केहि भवितब्य पर्दा यस्ता विद्यार्थीहरू विद्यार्थी कल्याणकारी कोषबाट पूर्ण सहयोग लिन बिशेष प्रथामिकतामा पर्ने छन् ।

 

नेतृत्व छनोटमा देखिने अस्वस्थ प्रतिस्पर्धा र होड

नेतृत्व छनोटमा देखिने अस्वस्थ प्रतिस्पर्धा र होडले गर्दा पनि यस्ता बिषयमा सरोकार नराख्नेहरू र एनआरएनएलाई परोपकरी एवं विदेशमा रहेका सारा नेपालीहरूको अभिभाबक संस्थाको परिकल्पना गर्नेहरू दुःखी देखिन्छन् । किनकि एउटा नेपाली संस्थाको सदस्य बन्दै गर्दा उसले संस्थालाई दिन सक्ने यति धेरै कुराहरू हुँदा हुदै पनि अभियन्ताहरूले उसलाई सदस्य बनाउनको लागि सुझाउने पहिलो प्रस्ताब भनेको फलानो उठ्दैछ उसलाई जिताउन सदस्य बनौं भन्दै गर्दा पक्कै पनि नेतृत्व कसले गर्छ भन्ने कुरालाई गौण मान्नेहरूलाई सदस्य बन्न आकर्षण गर्दैन । त्यसैले संस्थाले सदस्य वितरणका लागि कुनै कमिटी वा टिम बनाएर कस्ता कुराहरू छन् त एउटा ब्यक्ति एनआरएनए अष्ट्रेलियाको सदस्यता बनेर समुदायलाई गर्न सकिने योगदानहरू त्यो बारे प्रष्ट पार्न जरुरी छ । त्यसो गर्न सके सदस्यता संख्या निश्चय बढ्नेछ । हुनत बिगतका घटनाहरू हेर्दै एक दुई व्यक्तिले संस्थामा राजनीति छैन या नेतृत्वको लागि होड छैन भनेकै भरमा पनि कसैले बिश्वास गर्ने आधार हामीले गुमाई सकेका छौं । हिजोका दिनहरूमा पुरै प्यानल नै खडा गरि सोहि प्यानल मार्फत हामी हामीबीच भएको प्रतिस्पर्धा आफ्नै समुदायका अर्को प्यानलकोलाई जितेर एक थरिले मनाएको हर्षोल्लास र अर्को थरि राम्ररी न समेटिदै नजिकिन लागेको फेरि अर्को चुनाब कै चक्र घुमी रहने हो भने संस्थाले परिकल्पना गरेको हामी बीचको भातृत्व प्रेम र परोपकारिता सबै शब्द मै सिमित रहने छन् ।

 

यो संस्था त अलिक फरक तरिकाले उभिन सक्नु पर्दछ, बिदेशी भूमिमा अभिभाबकत्वको भूमिका निर्बाह गर्दै यहा हाम्रा दक्ष जनशक्तिले सिकेको ज्ञान र सीपलाई कुनै एक वा अनेक माध्यमबाट नेपालसम्म पुर्याउने पुलको भूमिकामा यो संस्था हुनु पर्दछ । बिदेशी भूमिमा दुःखजेलो गरेर कमाएको धनलाई सामुहिक लगानीको अबधारणा लागू गर्दै देश भित्र्याउन सक्नुपर्दछ ।

 

अन्त्यमा, फरक पहिचान सहित उभिनु पर्ने अबको एनआरएनए अष्ट्रेलियाको चुनौती

अष्ट्रेलियामा ७ दर्जनभन्दा बढी संघ संस्थाहरू छन्, यी संघ संस्थाहरूको एक किसिमको भीडमा एनआरएनएले आफनो परोपकारी कार्य र जन्मभूमि प्रतिको उत्तरदायित्वलाई पुरा गर्दै कर्मभूमिमा पनि अलिक फरक पहिचान लिएर उभिन सक्नु पर्दछ, होइन भने यहि भीडमा नै हराउन समय लाग्दैन न त यो भीडमा फरक किसिमले छुट्टिन्छ । लगभग नेपालका सबै जस्ता पार्टीका यहा भातृसंस्था छन्, धेरै जिल्ला जिल्लाका संस्थाहरू छन्, लगभग सबै जाति विशेषका संस्थाहरू छन् ति सबैलाई छोडेर या तिनीमा सहभागी हुँदै गर्दा पनि किन फेरि एनआरएनएमा समेटिने भन्ने कुराको आभास यस संस्थाले दिन सक्नु पर्दछ ।

फुटबल, क्रिकेट, भलिबल र कपर्दी लगायतका खेल खेलाउन यहा दर्जनौ संस्थाहरू छन्, यी संस्थाहरूले बिगत एक दशकदेखि यस्ता खेलहरू खेलाउँदै आएका छन् । त्यसै गरि सांस्कृतिक लगायतका कार्यक्रम गर्ने यहा धेरै संस्थाहरू छन् । यदि एनआरएनए जस्तो संस्थाले यहा विद्यमान अन्य संस्थाहरूले खेलाउँदै आएका खेलहरू र संस्कृतिक कार्यक्रमहरू तिनीहरूलाई नै गर्न प्रेरित गर्नुको साटो कपर्दी र भैलो खेल्ने भने यो संस्था र अरु बीच के भिन्नता रहला र ? यो संस्था त अलिक फरक तरिकाले उभिन सक्नु पर्दछ, बिदेशी भूमिमा अभिभाबकत्वको भूमिका निर्बाह गर्दै यहा हाम्रा दक्ष जनशक्तिले सिकेको ज्ञान र सीपलाई कुनै एक वा अनेक माध्यमबाट नेपालसम्म पुर्याउने पुलको भूमिकामा यो संस्था हुनु पर्दछ । बिदेशी भूमिमा दुःखजेलो गरेर कमाएको धनलाई सामुहिक लगानीको अबधारणा लागू गर्दै देश भित्र्याउन सक्नुपर्दछ । यस्ता लगानीहरू देशको शिक्षा, स्वास्थ्य, पर्यटन र जलबिद्युत लगायतका क्षेत्रमा लगानी गर्नसके एकातिर अरु धेरै जनशक्तिलाई देशमा नै रोजगारीको अवसर मिल्नेछ । अर्को तिर देशमा भित्रिए पनि अनुत्पादक क्षेत्रमा लगानी भइरहेको रेमिटेन्सले पनि उद्यमशिलताको पथ समात्ने छ जुन आर्थिक बृद्धिदरको लागि पनि उचित सूचक बन्न सक्छ । त्यो बाहेक बहु सांस्कृतिक समुदायमा रमेका हामी सबैलाई यहाँको स्थानीयदेखि प्रान्तीय एवं केन्द्र सरकारसम्म बिभिन्न अबसरमा नेपाली समुदायको आवाज पुर्याउनका लागि पनि संस्थागत रुपमा हाम्रो एेक्यबद्धताले ठूलो बल पुग्नेछ । यी र यस्तै कुराहरूमा अलिकति बृहतर रुपमा सोच्दै म विदेश बस्दै गर्दा पनि जन्मभूमि र कर्मभूमिका अनेकन सरोकारका बिषयहरूमा ऐक्यबद्द आबाज बन्न सक्ने ठोस कार्ययोजनाको हिस्सा बन्न सक्ने संस्थाको सदस्य छु भन्ने आभास यहा बसेका नेपालीजनमा पार्न सकोस् । यदि त्यसो हो भने निश्चय नै यस संस्थाको सदस्य बन्ने भीड थामी नसक्नु हुनेछ अन्यथा संस्थाहरूको भीडमा यसको परिचय अर्को एउटा  फगत अर्को एउटा संस्थाको रुपमा रहनेछ ।

जन्मभूमिसग जोडी रहन र कर्मभूमिमा हाम्रो आत्मियता अझ बढाउन एनआरएनको सदस्यता लिउँ ।

सुरेन्द्र सिग्देल

एनआरएनए ७५ देशमा फैलिएको प्रबासी नेपालीहरूको संस्था हो । यति ठूलो संख्यामा र यति ठूलो क्षेत्र ओगेटेर बिश्व संजालमा अरु कुनै यस्ता खालका संघ संस्थाहरू छैनन् होला । तिनै ७५ देशहरू मध्येको एक एनआरएनएअष्ट्रेलिया विश्व संजाल मै छुट्टै परिचय र उचाइ भएको संस्था हो । साथीहरूको विश्वास र भरोसालाई कायम गर्दै यो संस्था को २०१५–२०१७ को नेतृत्त्व गर्ने सौभाग्य मलाई प्राप्त भयो । म यो संस्थाको नेतृत्वमा आउँदै गर्दा नेपालले ठूलो प्राकृतिक प्रकोप महाभूकम्पको सामना गर्नु पर्यो । त्यस्तो विषम परिस्थितिमा हामीले निक्कै संयमित भएर ठूलो रकम उक्त दुःखद घडीमा हामीबीचबाट नै उठायाैं । तत्कालिन राहतका कार्य पछि हाम्रो यो अभियान अब पुनःनिर्माण अभियानमा जारी छ ।

यति बेला एनआरएन अष्ट्रेलिया पुनः नया नेतृत्व छान्नका लागि अधिबेशन सम्पन्न गर्न र नया सदस्यता बितरण वा रिन्यु गर्ने प्रक्रियामा छ ।कुनै पनि संस्थाको मेरुदण्ड भनेको सदस्यता हो, सदस्यताबाट उठेको रकम संस्थाको कोषमा जम्मा हुन्छ र सो कोषबाट सामाजिक कल्याणकारी कोष, लाप्राक पुनःनिर्माण, एनआरएनए भवन हुदै विविध सामाजिक एवं परोपकारी कार्यमा जाने हुदा यसको महत्व झन् बढी छ । अर्को तर्फ बहुसांस्कृतिक समुदायका हामी नेपालीहरू यहाको सरकारी स्तरमा हाम्रा समस्या र बहुसांस्कृतिक समुदायले भोग्नु परेका जुन सुकै समस्याका बारेमा पनि टेबुल गर्नु पर्दा हार्मो बलियो संस्थागत उपस्थितिले एउटा छुटै महत्व राख्दछ । त्यसै गरि हिजोको दिनहरू मा जे सुकै आपद विपद पर्दा हामीले जुन आत्मियता पन यहाका नेपालीहरू माझ बाड्न सक्यौ त्यसको लागि पनि हामीबीच एकता र संस्थागत सहभागिता निक्कै ठुलो कुरा हो । त्यसैले पनि मअष्ट्रेलियामा रहनु भएका सबै नेपालीहरू लाई एनआरएनए अभियानको एक हिस्सा बन्दै एक पटकको नेपाली संधैको नेपाली भन्ने मूल मर्मलाई सार्थक पार्न पनि एनआरएनएको सदस्यता लिन हार्दिक अनुरोध गर्दछु ।

अर्कोतिर संगठित सदस्यले ७५ देशमा छरिएर रहेका नेपालीहरूको गतिबिधि एनआरएनको संजाल मार्फत पाई रहने हुदा पनि यसको सदस्य बन्नु अर्को अपरिहार्यतालाई यहा दोहोर्याउन चाहन्छु त्यसको अलबा नेतृत्व छनोट पनि कुनै संस्थाको अहंम सबाल हो । सफल नेतृत्वले नै संस्थालाई उचाइमा पुराउन मद्दत पुग्दछ त्यसैले एनआरएन अष्ट्रेलिया हुदै ओसियाना र अन्तराष्ट्रिय समन्वय समितिमा समेत चुस्त नेतृत्व छान्ने हिस्सा बन्न पनि प्रत्येक सदस्यको मत महत्वपूर्ण हुन्छ । विदेशको लामो बसाइको क्रममा हामीले सिकेका शीप, दुःखजेलो गरेर आर्जेको धनलाई उचित तरिकाले स्किल ट्रान्सफर र सामुहिक लगानीका अबधारणालाई साकार गर्न भोलिको दिनमा निःसन्देह एनआरएनए नै एउटा त्यस्तो पुल हुनेछ जसले नेपाल सरकार संग सिधै यस्ता कुराहरू मा सहकार्य गर्न सक्छ ।

हिजोका दिनमा हामीले विद्यार्थीका विविध सबालमा चेतनामूलक कार्यहरू देखि, बिद्यार्थीलाई आपद विपद पर्दाका लागि बिद्यार्थी कल्याणकारी कोषसम्मका कुराहरू गर्यौं त्यो सबैको सहयोग सल्लाह सुझाब र सदभाबले मात्र सम्बभ भएको हो त्यसलाई निरन्तरता दिन अझ यसको क्षेत्र फराकिलो बनाउन हामीलाई अझ धेरै नेपालीको साथ सहयोगको खाचो पर्दछ त्यसको सुरुवात तपाई हामीलेले आफु र आफ्नो परिवार एनआरएनएको सदस्य बनेर गर्न सक्छौं । नेपाल सरकारले एनआरएनएको लागि गरेको परिभाषा अनुसार बिगतमा प्रत्यक्ष रुपमा हामीले विद्यार्थीहरू लाई समेट्न सकेका थिएनांै तर यस पटकबाट एसोसियट सदस्यको रुपमा विद्यार्थीहरूलाई पनि समेट्दै छौं । त्यस बाहेक साधारण सदस्य र यस पटकबाट आजिवन सदस्य पनि सुरुवात गरेका छौं ।