थारु भाषाको गीत ‘पूर्वे गेलही पच्छिए गेलही’ म्युजिक भिडियो सहित सार्वजनिक

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३
भाषा-संस्कृति, रहन-सहन हाम्रा पहिचानका सूचकहरु हुन्, पुर्खाका धरोहर हुन् । त्यसैले त कर्म संग सम्झौता गर्दै जहाँ पुगौ यी कुराहरु हाम्रा छायाँ जस्तै बनिरहन्छन् ।  बिबिध भाषा-भाषी, रहन-सहन र संस्कृतिका धनि हामि नेपालीका धेरै भाषा र संस्कृति मध्ये थारु संस्कृति पनि हाम्रो एकदमै पुरानो संस्कृति हो, सभ्यता हो ।
तराईका लगभग सबै जिल्लामा बसोबास गर्ने थारु समुदायमा अलिक भिन्न भिन्न र केहि फरक खालका भाषाहरु छन् , भने संस्कृतिक बिबिधता बीच पनि थारु संस्कृतिका धेरै समानताहरु पनि छन् । यहि बिबिधतालाई थारु मात्र होइन सबै नेपाली र सबै संगित प्रेमीले बुझ्ने संगीतको भाषाले सजाउदै पूर्व, मध्य र पश्चिमका थारु भाषा समेटिएको गीत म्युजिक भिडियो सहित हालै सार्बजनिक भएको छ।
अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका अरुण आर्यन चौधरीले निर्माण गरेका ‘पूर्वे गेलही पच्छिए गेलही’ बोलको यस गीतमा चितवनका पप गायक संजय चौधरी, सिरहाका आशिष चौधरी र रुपन्देहीकी उमा चौधरीले स्वर दिएका छन्। गायक गायिका स्वयमकोअभिनय समेत रहेको यस म्युजिक भिडियोमा रंगकर्मी प्रदीप चौधरीको पनि शसक्त अभिनय देख्न सकिन्छ।
आफु जहाँ रहे पनि आफ्नो भाषा रहन-सहन न भुल्न सकिन्छ न भुल्न नै हुन्छ, त्यसमा पनि थारु समुदाय आफै भिन्न भषा, संस्कृति र संस्कारको फूलबारी हो । यिनै विविधताहरु  झल्काउदै बदलिदो परिस्थितिमा थारु समुदाय बाहिरकालाई थारु सभ्यता र बिबिधताको बारेमा धेर-थोर जानकारी हुने र थारु समुदाय भित्रै पनि हुर्कदै गरेको पुस्तालाई समेत थारु संस्कृति प्रबर्द्धन गर्न यो गीत उपयोगी हुने गीतका निर्माता चौधरीले द नेपाली टाईम्स सँगको कुराकानीमा बताए । सबैको सल्लहा र सुझाबलाई ध्यानमा राख्दै गीतमा इन्ग्लिश वा नेपाली सबटाइटल राख्ने तर्फ निर्माण टिमले सोचेको उनले बताए ।
भिडियोको लागि-