मोर्चाले गर्यो निर्वाचनमा भाग नलिने निर्णय

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको नयाँ प्रस्तावले आफुहरुको माग थप बेवास्ता गरेको भन्दै स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
गत मंसिर १४ गते ल्याएको प्रस्तावबाट थप पछि हट्दै सरकारले हिजो अर्को विधेयक ल्याएको मोर्चाको निश्कर्ष छ । मोर्चाको प्रमुख माग प्रदेश सीमांकन हेरफेरको प्रस्तावलाई थाँती राख्दै सरकारले हिजोमात्र पुरानो विधेयक फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता गराएको थियो ।
तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा तीन घण्टायता जारी बैठकले सरकारले हिजो संसद सचिवालयमा दर्ता गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेकाले स्विकार गर्न नसक्ने निश्कर्ष निकालेको हो ।
पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै नयां विधेयकको स्वामित्व नलिने निश्कर्ष निकालेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
नयां विधेयकको मस्यौदा निर्माणका समय आफुहरुसंग कुनै छलफल नगरेको मधेशी मोर्चाले स्पष्ट पारेको छ । मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयक फरक देखिएको मोर्चाले ठहर गरेको अध्यक्ष यादवले बताउनुभयो ।
जारी बैठकबाटै आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचन बहिष्कार गर्दै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने मोर्चाको तयारी छ । बैठकमा मधेसी मोर्चाआवद्ध ६ दलका अध्यक्षको सहभागीता छ । राष्ट्रिय मधेय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने उपत्यका बाहिर हुनुहुन्छ । मोर्चाको बैठक सकिएपछि आजै संघीय गठबन्धनको बैठक बस्ने तयारी छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



