नयाँ वर्षसँगै ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुरु

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– स्वास्थ्य मन्त्रालयले नयाँ वर्षसँगै ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान प्रारम्भ गर्ने भएको छ । नागरिकको स्वास्थ्य स्वस्थ राख्नका लागि जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवा विस्तार गर्ने योजनाका साथ उक्त अभियान प्रारम्भ गर्न लागिएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिएका छन् ।
मन्त्रालयद्वारा अयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले व्यक्ति र परिवार अग्रसर नभई सरकारले मात्र स्वास्थ्यका कार्यक्रम ल्याएर केही नहुने बताए ।
‘व्यक्तिको सहभागिता बिना स्वास्थ्य मन्त्रालयले मात्र काम गरेर केही हुँदैन । हामीले व्यक्तिको स्वास्थ्यलाई स्वस्थ राख्न यो अभियान शुरु गर्न लागेका हौँ, थापाले भने । मन्त्रालयले स्वस्थ रहन प्रत्येक व्यक्तिले पाँच वटा प्रतिबद्धता पुरा गर्न आग्रह गरेको छ । ती प्रतिवद्धताहरु हुनः रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने, नियमित व्यायाम गर्ने, स्वस्थ र पोषिलो खानेकुरा खाने, नियमित स्वास्थ्य परीक्षण गराउने, परिवार तथा समुदायको स्वास्थ्यप्रति सजग गराउने । सम्मेलनमा मन्त्रालयले गरेको सेवा विस्ताररसुधार, नीतिगत सुधार र सुधारका प्रयास, एक वर्षे अभियानबारे समेत जानकारी दिइएको थियो ।