राजकुमार देवकोटाको ‘टोल टोलमा’ सार्वजनिक

काठमाडौं— एक दशक अघिदेखि नै संगीतको विद्यार्थीको रुपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा कलाकार राजकुमार देवकोटाले नयाँ वर्ष २०७४ को अवसर पारेर एउटा सांगीतिक कोशेली दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।
करिव ढेड वर्षअघि पहिलो एकल एल्बम ‘अंकुरण’ सार्वजनिक गरेर स्रोतामाझ स्थापित भएका गायक तथा कलाकार राजकुमार देवकोटाले नयाँ वर्षको पूर्व सन्ध्यामा चैत ३१ गते बिहिबार आफ्नो नयाँ गीत ‘टोल टोलमा…’ को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । न्यू इयर इभको अवसर पारेर प्रिमियर गरिएको उक्त गीतको भिडियोलाई स्थापित निर्देशक शेरबहादुर डिसीले निर्देशन गरेका छन् । आधुनिक शैलीको उक्त गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशन छ । सुगम संगीतमा आधारित उक्त गीतका शब्दहरु दिनेश सुवेदीले रचना गरेका हुन् । म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, आरुषी मगर, कृष्ण, वसन्त, मनोज, सन्तोष र श्रीमनले अभिनय गरेका छन् ।
संगीतलाई करियर बनाउने निर्णय गर्दै दोस्रो एकल एल्बमको समेत तयारी गरिरहेका गायक देवकोटा आफ्नो व्यवसायमा समेत रमाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखला ‘हर्के हल्दार’ का हिराकाजीको भूमिका समेत निर्वाह गरिरहेका गायक देवकोटा अभियनलाई भने सौखको रुपमा मात्र लिन्छन् । ‘नयाँ वर्षको स्वागतका लागि नृत्यपरक तथा रमाइलो शैलीको गीत गाएको छु, भिडियो प्रिमियर गरेपछि गायक देवकोटाको भनाइ छ—‘नयाँ वर्षको रमाइलो मूडलाई मिल्ने शैलीको गीत गाएको छु, भिडियो पनि त्यही अनुरुपकै बनेको छ ।’
यस्तो छ भिडियो :
https://youtu.be/nnFW5abSC3U
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...