म वास्तविक जीवनमा पनि बोल्ड छु वर्षा राउत (वर्षा सिंह क्षेत्री), नायिका

नेपाली फिल्म क्षेत्रमा दुई जना वर्षा राउत छन् । एउटी वर्षा राउत फिल्ममा भन्दा म्युजिक भिडियोमा बढि सक्रिय छिन् भने अर्की वर्षा राउत फिल्मका साथै इभेन्ट म्यानेज्मेन्टमा समेत सक्रिय छिन् । यहाँ हामीले प्रस्तुत गर्न लागेकी वर्षा राउत केही समयअघि सम्म वर्षा सिंह क्षेत्रीको नामले चिनिन्थिन् । केही साताअघि प्रदर्शन भएको आफ्नो पछिल्लो फिल्म ‘काफल पाक्यो’ को छायांकनसंगै वर्षाले आफूलाई वर्षा सिंह क्ष्ँेत्रीबाट वर्षा राउत बनाएकी हुन् । एउटै उद्योगमा एउटै नाम भएका दुई नायिका भएपछि सहकर्मी कलाकार, दर्शक तथा सञ्चारकर्मीसमेत उनीहरूको नामबाट झुक्किने गरेका छन् । यद्धपि दुबैको अनुहार तथा अभिनय गर्ने शैली फरक–फरक भएकाले दुई बीचको अन्तर सहजै पत्ता लगाउन सकिन्छ । ‘काफल पाक्यो’ मा अभिनेता जीवन लुईंटेलसंग अभिनय गरेकी वर्षाले यो फिल्मबाट राम्रो प्रसंसा पाइन् । व्यवसायिक रुपमा औषत देखिए पनि फिल्ममा जीवन र वर्षा दुबैले दर्शकको मन जिते । यतिबेला हास्य तथा नारी प्रधान ‘काफल पाक्यो’ लाई नेपाल बाहिर प्रदर्शन गर्ने तयारी गरिरहेकी वर्षासंग ‘द नेपाली टाइम्स अष्ट्रेलिया’ का नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
अभिनय क्षेत्रमा आएको लामो समयपछि नाम परिवर्तन गर्नु भयो नि ?
मेरो वास्तविक नाम नै वर्षा राउत थियो । मनोरञ्जन क्षेत्रमा डेब्यू गर्दा वर्षा सिंह क्षेत्रीको नामबाट आउन मन लाग्यो । पछि ‘काफल पाक्यो’ मा मुख्य भूमिका निर्वाह गर्ने भएपछि पुन: आफ्नो वास्तविक नामबाटै दर्शकमाझ प्रस्तुत हुने निर्णय गरेकी हुँ ।
भविष्यमा पुन: नाम परिवर्तन हुने सम्भावना कत्तिको छ ?
एक प्रतिशत पनि छैन । अब म भविष्यसम्म पनि वर्षा राउतकै नामबाट चिनिने छु ।
एउटै उद्योगमा एउटै नाम तथा थर भएका दुई नायिका हुँदा समस्या पर्दैन ?
खै, मलाई त परेको छैन । आ–आफ्नो काम गर्ने हो, त्यसैले एउटै नाम हुँदा खासै फरक पर्छ जस्तो लाग्दैन ।
तपाईं आफैंले निर्माण गर्नु भएको ‘काफल पाक्यो’ को प्रतिक्रिया कस्तो रह्यो ?
जति पनि दर्शक तथा आफन्तले यो फिल्म हेर्नु भयो, सबैले प्रसंसा नै गर्नु भएको छ । खासगरी जीवन लुईंटेलको हास्यरस अनि मेरो बोल्डनेशले दर्शकको मन जितेको प्रतिक्रिया पाएकी छु ।
व्यवसायिक रुपमा कस्तो रह्यो ?
नेपालमा एउटै साता दुई–तीन वटा फिल्म प्रदर्शन हुँदा अत्यधिक राम्रा भनिएका फिल्मले पनि उत्कृष्ट व्यवसाय गर्न सकेका छैनन् । त्यो दृष्टिकोणले हेर्ने हो भने हामीले निर्माण गरेको यो फिल्मको व्यवसाय सन्तोषजनक रहेको छ ।
‘काफ्ल पाक्यो’ मा बिन्दास भूमिका निर्वाह गर्ने योजना कसरी बन्यो ?
वास्तवमा म नेचुरल एक्टिङ गर्ने फिल्मको खोजीमा थिएँ । ‘काफल पाक्यो’मा मैले निर्वाह गर्नु पर्ने भूमिका सुनेदेखि नै म एक्साइटेड थिएँ । मैले बुलेटबाइकमा अभिनेता जीवन लुईंटेललाई पछाडि राखेर काठमाडौंदेखि गुल्मीसम्मको रोमाञ्चक यात्रा गर्नु पर्ने कथा सुनेपछि यो मेरो लागि अवसर र चुनौती दुबै हुने सोचेर अभिनयका लागि तयार भएँ ।
टम ब्वाइको भूमिकामा दर्शकले कत्तिको रुचाए ?
फिल्ममा मलाई असाध्यै बोल्ड भूमिकामा प्रस्तुत गरिएको छ । कोहीसंग नडराउने, केटाहरूसंग फाइट खेल्ने, म वास्तवमै टम ब्वाइकै भूमिकामा छु । दर्शकहरूका लागि मेरो भूमिका नौलो थियो, त्यसैले मन पराउनु भयो ।
वास्तविक जीवनमा चाहिँ कत्तिको बोल्ड हुनुहुन्छ नि ?
वास्तविक जीवनमा पनि बोल्ड नै छु । त्यसैले त फिल्ममा पनि त्यस्तो भूमिका निर्वाह गर्न सफल भएकी हुँ ।
आफूलाई कत्तिको राम्री मान्नु हुन्छ ?
राम्री नै छु । राम्री भएकैले फिल्ममा नायिका भएकी हुँ नि ।
कत्तिको कामुक हुनुहुन्छ ?
त्यो त मैले भन्न सक्ने कुरै होइन । म कामुक (सेक्सी) छु कि छैन भन्ने कुरा अरुले मूल्यांकन गर्ने हो ।
प्रेममा यौनको स्थान कहाँ निर पाउनु हुन्छ ?
साँचो प्रेमलाई यौनको आवश्यकता नै पर्दैन । प्रेम उत्कर्षमा पुगेको बेला यौन स्वभाविक हुन्छ जस्तो लाग्छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...