निर्वाचन बिथोल्न मोर्चाले गर्यो आन्दोलनको घोषणा

काठमाडौं– मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आमहड्तालदेखि नेपाल बन्दसम्मको कार्यक्रम आन्दोलन गर्ने घोषणा गरेका छन् । आफूले चाहेजस्तो गरी संविधान संशोधन गर्न नखोजिएको भन्दै स्थानीय निर्वाचनकै विरुद्धमा आन्दोलन घोषणा गर्दै उनीहरुले चुनाव गर्न नदिने उद्घोष गरेका हुन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले बैशाख ५ गतेदेखिको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले चुनाव बिथोल्ने उद्देश्यसहित मधेश, थरुहट, लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् ।
मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ देखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने उल्लेख छ ।
बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्द र लाठी तथा मसाल जुलुसका कार्यक्रम ल्याइएका छन् । २७ गतेदेखि भने चुनाव लक्षित गरी आम हड्ताल घोषणा गरिएको छ ।
चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गते पनि बन्दको घोषणा गरिएको छ ।
मोर्चाका नेता उपेन्द्र यादवले सरकारले प्रस्ताव गरेको सीमांकन आयोगले समाधान नदिने बताए । संविधानमा आफ्ना विषयहरु नसमेटेको र संविधान संशोधनमा पनि प्रदेश सीमांकन छुटाएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको हो ।
गठबन्धनले माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...