श्रेया र अभिनवलाई लिटिल स्टारको उपाधि

काठमाडौं– शनिवार राती सम्पन्न नेपाली लिटिल स्टार–२०१७ को उपाधि श्रेया महर्जन तथा १२ अभिनव श्रेष्ठले जितेका छन् । १० वर्षीया श्रेया तथा १२ वर्षीय अभिनव धापासीस्थित अपी स्कूलका विद्यार्थी हुन् ।
सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न ६८ जना बालबाकिलाहरुबीचको यो प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्राचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाधिमा चित्त बुझाए । यसैगरी श्रृजन त्रिपाठी तथा प्रज्ञा राईले सिनियरतर्फ सेकेण्ड रनर्स अपको उपाधि जिते भने आयान सिलवाल तथा सुप्रिया कार्कीले जुनियरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगितामा ६८ जना बालबालिकाहरुले भाग लिएका थिए ।
स्वस्तिका राज भण्डारीद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको आयोजना इफो ईन्टरटेन्मेन्टले गरेको हो । प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेताद्वय सविन श्रेष्ठ तथा निर्जन थापा र मोडल जिनस लामा निर्णायकको रुपमा रहेका थिए । सुप्रिया थापा तथा मीरा कक्षपतीको व्यवस्थापन सम्पन्न प्रतियोगितालाई निमा शेर्पा तथा पासाङ शेर्पाले संयोजन गरेका हुन् ।
कार्यक्रममा बिनोद ढकाल, भीम बिसी, स्मिता घिमिरे आदि गायक–गायिकाहरुले सांगीतिक प्रस्तुत समेत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...