काठमाडौंमै देखियो स्वाइन फ्लु

काठमाडौं– गर्मीयामको शुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिएका हुन् ।
नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो । डा.पुनका अनुसार ‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भावना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।
रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शङ्का लागेर जाँच गर्दा भाइरस भएको पुष्टि भएको हो । डा. पुनले प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताए ।
खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
स्वाइन फ्लु छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने चिकित्सकले बताएका छन् । पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...