कंडेल कन्सल्टेन्सीको प्रमुख प्रयोजनमा नयाँ वर्षमा क्रुज पार्टी सम्पन्न

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख ७, २०७४
कंडेल कन्सल्टेन्सीको प्रमुख प्रयोजनमा नब बर्ष २०७४ को उपलक्ष्यमा सही हो इभेन्टस्को नयाँ वर्षमा सही क्रुज पार्टी सम्पन्न भएको छ ।  देशबाट टाढा रहेपनि आफ्नो देशको भाषा, संस्कृति, रितिरिवाज मानिसहरु भुल्दैनन् । हजारौँ नेपालीहरु अष्ट्रेलिया आएका छन्, उनीहरु यहाँको संस्कृति र संस्कारमा भिजेका छन् तर पनि आफ्नो देशको रितिरिवाज, संस्कृति र चलिआएको परम्परा मनाउन छोडेको छैनन् । त्यही सिलसिलालाई पछ्याउँदै सही हो इभेन्टस्ले नेपाली नयाँ वर्ष २०७४ साल यही १४ तारिखमा भव्यताको साथ क्रुजमा मनाएको हो । डकल्याण्ड, सेन्ट्रल पाइरमा भएको क्रुज पार्टीमा लाइभ म्यूजिक, डिजे प्रस्तुति, परम्परागत नेपाली खानाको साथमा प्रोफेशनल फोटोग्राफी लगायत अन्य आकर्षणहरु रहेको थियो ।
डकल्याण्डमा ४ बजे उपस्थित भएर ५ बजेदेखि बेलुका ९ बजेसम्म भएको क्रुज पार्टीमा उपस्थितमध्ये एक महिला र एक पुरुषलाई बेष्ट ड्रेस, बेष्ट डान्सर र बेष्ट जोडिलाई पुरस्कृत गरेको थियो । बेष्ट जोडिमा प्रिया मिश्रको जोडि, बेष्ट डान्सर केटीमा यमुना ग्रैरे र केटाको तर्फबाट पवन कडेँल भएको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले कार्यक्रम एकदमै सफल भएको, सबैजनाले एकदमै रमाइलो गरेको प्रतिक्रिया दिदैँ  सही हो इभेन्टस्लाई आउँदो कार्यक्रमको लागि अग्रिम शुभकामनो दिएका थिए । नेपाली टाइम्स् मेल्वर्नसँग कुरा गर्दै आयोजकको तर्फबाट सुजन खरेलले सही हो इभेन्टस्को यो पहिलो प्रयास हो र पहिलो प्रयासमानै राम्रो प्रतिक्रियाहरु आइरहेको छ र यसमा हामी सही होको टिम एकदमै खुसी छौ र यसको बाबजूद पनि कार्यक्रममा केही त्रुटि र कमिकमजोरी भए अर्को कार्यक्रममा सुर्धाने र अझ भव्य कार्यक्रम गर्ने बताएका छन् । त्यसै गरि कार्यक्रमका प्रमुख प्रायोजक खगराज कंडेलले पनि नेपाली परम्परालाई बिदेशी भूमिमा जिबन्त राख्न यस्ता उत्सब र कार्यक्रमहरु महत्वपूर्ण हुने र यसको एक हिस्सा बन्न पाएकोमा कंडेल कन्सल्टेन्सी एकदमै खुसि रहेको बताए।