दुइ दिन मै दुइ भिन्न आप्रबासी नीति परिबर्तन गर्दै अस्ट्रेलियन सरकार 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
बितेका २ दिनमा अस्ट्रेलियन सरकारले आफ्नो आप्रबासी नीतिमा दुइ भिन्न तर महत्वपूर्ण निर्णय लिएको छ । कुनै एक क्षेत्रमा बिशेष दक्षता भएका बिदेशी कामदारलाई उक्त क्षेत्रमा काम गर्दै सपरिवार बस्न मिल्ने भिषा अस्ट्रेलियामा निक्कै लोकप्रिय थियो । ४५७ भिषाको नामले चिनिने उक्त भिषा बिगत लामो समय देखि प्राबधानमा थियो र यसबाट ठुलो संख्यामा बिदेशी कामदार अस्ट्रेलिया भित्रिएका थिए । गत अप्रिल १८ मा एक पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियन प्रधानमन्त्री माल्कम टर्न्बुलले उक्त भिषाको प्राबधान खारेजी हुने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नुबलले अस्ट्रेलियन कामदारलाई अझ बढी अबसर मिलोस भन्नाका लागि यो परिबर्तन गरिएको बताए, यसो भनेर बिदेशी कामदारलाई अस्ट्रेलिया आगमन बन्द भने नभएको बताउदै प्रधानमन्त्रीले अस्ट्रेलियालाई आज सम्म बिदेशी कामदारले पुराएको योगदानको प्रसंसा पनि गरे ।
४५७ भिसा बन्द गर्ने निर्णयको ४८ घण्टा बित्दा नबित्दै अस्ट्रेलियन सरकारले विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा पनि ब्यापक परिवर्तन गरेको छ । योग्यता पुगेका बिदेशीहरुलाई प्रदान गरिने नागरिकता नीतिमा गरिएको परिबर्तनबाट अब बन्ने नागरिकहरु अंग्रेजी भाषामा दक्ष र अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग सहजरुपले घुलमिल हुने बिश्वास अस्ट्रेलियन सरकारले लिएको मिडियाहरुले जनाएका छन् । परिबर्तित नियम अनुसार अब पीआर ( स्थाई अनुमति ) पाएको ४ बर्ष पछि मात्र नागरिकताको लागि आबेदन दिन सक्नेछन।  त्यसै गरि सरकारले निर्धारण गरेको अंग्रेजी परीक्षा पास गरि नागरिकताको बिशेष परिक्षा समेत पास गर्नु पर्नेछ ।  यस्ता परिक्षामा  एक व्यक्ति कम्तिमा ३ पटक मात्र सामेल हुन पाउने प्राबधान पनि परिबर्तित नियमले गरेको छ।
                                      —————————————————————————–