सिड्नीको उत्तरी तटमा  “नेपाली नयाँ वर्ष २०७४” भब्यताका साथ मनाइयो 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख ७, २०७४
अष्ट्रेलियाको  सिड्नी स्थित उत्तरी सामुन्द्रिक तटीय  क्षेत्रमा बसोबास गर्ने  नेपालीहरुको संस्था नर्दन बिचेज नेप्लिज सोसाईटीले हालै  “नेपाली नयाँ वर्ष २०७४” भब्यताका साथ मनाएको छ । गत ८ अप्रिल शनिबार बिहान करीब ८ बजे देखि दिउंसो २ बजे सम्म चलेको सो कार्यक्रम कोल्लरोय  बिचमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय क्षेत्रमा बस्ने  नेपाली समुदायको बाक्लो उपस्थिती  थियो । आपसी भेटघाट, नेपाली खानपिन तथा गीत नृत्यले नया वर्षलाई  स्वागत गर्न पाएकोमा सबै हर्षित देखिन्थे ।
पर्वमा आफ्नै पन र रमाइलोलाइ प्रवासमा पनि बिर्शन नसकेर हामीले यस्ता कार्यक्रम आयोजना गरेका हौ भन्दै सोसाइटीका अध्यक्ष्य कृष्ण सापकोटाले समुदायका  उपस्थित सबै सदस्यहरु प्रति हार्दिक आभार ब्यक्त गरे । आगामी दिनहरुमा  “नर्दन बिचेज नेप्लिज सोसाईटिले  तीज र दशैँ कार्यक्रम पनि छिट्टै गरिने बताए। सो कार्यक्रमको विस्तृत जानकारी केहि समय पछि सार्वजनिक गरिने पनि बताए। आउदा दिन हरुमा यस्ता खालका सामुदायिक कार्यक्रम सभ्य र भब्य बनाउन समूदायका सबै सदस्य हरुको एकता र सक्रियताले महत्वपूर्ण भूमिका रहने कुरा अध्क्षय सापकोटाले बताए ।