सरकार र मोर्चा सहमति नजिक

काठमाडौं– संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन शुक्रवार राति बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको सहमति नजिक पुगेको नेताहरुले दावी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र ३१ बैशाखमा घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।
छलफल सकारात्मकरुपमा अघि बढेको र आज शनिवार हुने निर्णायक बैठकमा सहमति हुने सम्भावना रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिएका छन् ।
वार्ताको क्रममा सत्तारुढ दलका नेताहरु निकै लचक भएर प्रस्तुत हुनु भएको तथा परिमार्जन सहित संशोधन पारित गर्नका लागि करिब करिब सहमतिमा पुग्न लागिएको हो । शनिबार बस्ने बैठकमा सबै कुरा टुंगो लाग्नेमा आशावादी भएको उनको भनाइछ ।
बैठक निकै उत्साहवर्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका नेताहरु सहभागी थिए ।
सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर आज शनिबार दिउँसो २ बजे बस्ने बैठकमा टुंगो लगाउने सहमति भएको पनि लालले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...