वैशाख र जेठ ३१ गते हुने भयो स्थानिय निर्वाचन

काठमाडौं- आज आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा ३१ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ । बाँकी प्रदेशहरु ३, ४ र ६ मा भने पूर्व घोषणा अनुसार ३१ वैशाखमै स्थानीय तहको निर्वाचन हुने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
३१ वैशाखको पहिलो चरणमा हुने निर्वाचनका लागि १६ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको भए पनि उक्त मिति पनि मिलेसम्म तीन दिनपछि सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने सरकारले निर्णय गरेको छ । मधेशकेन्द्रित दलहरुसँग हिजो शनिवार भएको सहमति अनुसार यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए ।
सरकारले सीमांकन विवाद मिलाउन गठन गरिने संघीय आयोग समानुपातिक र समावेशी बनाउने र संशोधन प्रस्ताव संसदबाट पारित गर्दै सीमांकन सम्बन्धि संघीय आयोग गठन गर्ने निर्णय समेत गरेको छ । प्रदेशको सिमा हेरफेर सम्बन्धि धारा २७४ संशोधन गर्दै प्रदेशको परामर्शमा सिमा हेरफेर गर्न सकिने शब्दावली परिमार्जन गरेको सरकारले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै स्थानीय निर्वाचनमा सहभागि हुन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह समेत गरेको छ ।
सरकारले परिमार्जित संशोधन प्रस्तावमा समर्थन गर्दै निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउन प्रमुख प्रतिपक्षी लगायतका दललाई पनि आह्वान गरेको छ ।
तस्बिर सौजन्य : सेतोपाटी
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...