वैशाख र जेठ ३१ गते हुने भयो स्थानिय निर्वाचन

काठमाडौं- आज आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा ३१ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ । बाँकी प्रदेशहरु ३, ४ र ६ मा भने पूर्व घोषणा अनुसार ३१ वैशाखमै स्थानीय तहको निर्वाचन हुने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
३१ वैशाखको पहिलो चरणमा हुने निर्वाचनका लागि १६ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको भए पनि उक्त मिति पनि मिलेसम्म तीन दिनपछि सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने सरकारले निर्णय गरेको छ । मधेशकेन्द्रित दलहरुसँग हिजो शनिवार भएको सहमति अनुसार यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए ।
सरकारले सीमांकन विवाद मिलाउन गठन गरिने संघीय आयोग समानुपातिक र समावेशी बनाउने र संशोधन प्रस्ताव संसदबाट पारित गर्दै सीमांकन सम्बन्धि संघीय आयोग गठन गर्ने निर्णय समेत गरेको छ । प्रदेशको सिमा हेरफेर सम्बन्धि धारा २७४ संशोधन गर्दै प्रदेशको परामर्शमा सिमा हेरफेर गर्न सकिने शब्दावली परिमार्जन गरेको सरकारले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै स्थानीय निर्वाचनमा सहभागि हुन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह समेत गरेको छ ।
सरकारले परिमार्जित संशोधन प्रस्तावमा समर्थन गर्दै निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउन प्रमुख प्रतिपक्षी लगायतका दललाई पनि आह्वान गरेको छ ।
तस्बिर सौजन्य : सेतोपाटी

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...