वयानका लागि प्रहरी नियन्त्रणमा डीआइजी सिलवाल

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवाललाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । आज सोमबार विहान वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट डीआईजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । कानूनी परामर्श लिइरहेका बेला प्रहरीको टोलीले डीआईजी सिलवाललाई नियन्त्रणमा लिएर गएको अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिएका छन् ।
डीआईजी सिलवाललाई नियन्त्रणमा लिने बेला वरिष्ठ अधिवक्ता थापाले ‘मेरो क्लाइन्टलाई मेरो घरबाट लग्न दिन्नु भनेपछि प्रहरीले ‘तपाई पनि हिड्नुस’ भनेर सँगै लगेको अधिवक्ता भट्टराईले बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले भने उनलाई बयानका लागि बोलाएको जनाएको छ । सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेपछि डीआईजी सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय खारेज गरेको थियो । त्यसपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय गरेको थियो । त्यसका विरुद्ध पनि अदालत पुगेका डीआईजी सिलवालको मुद्दामा १९ वैशाखमा सुनुवाई हुदैछ । सर्वोच्चले निर्णय कार्यान्वयन गर्न रोक नलागएपछि अर्याललाई आईजीपी नियुक्त भइसकेका छन् । सर्वोच्च अदालतमा डीआईजी सिलवालले बुझाएको कार्यासम्पादन मूल्याङकन र मन्त्रीपरिषदमा पेश गरिएको कार्यासम्पादन मूल्याङ्कनमा फरक परेपछि सरकारले छानविन गर्न प्रहरीलाई निर्देशन दिएको थियो । त्यही छानविनका क्रममा डीआईजी सिलवाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...