सिड्नीमा २६४१ औ बुद्द जयन्ति सामुहिक रुपमा मनाइदै  

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४
सिड्नीमा सकृय नौ वटा सामूदायिक संघ संस्थाहरुको संयुक्त आयोजनामा २६४१ औ बुद्ध जयन्ति बिबिध कार्यक्रम सहित मनाईदै छ ।  बुद्ध दर्शन समितिको संयोजकत्वमा तमु समाज , मगर समाज, छन्त्याल समाज, थकाली समाज , शेर्पा समाज, तामांग समाज, रुपन्देही सामाजिक संजाल, गुठि अस्ट्रेलिया लगाएत अन्य विभिन्न संघ संस्थाहरुले एकै ठाउँमा मनाउने बिगतको परम्परालाई निरन्तरता दिदै यस पटक पनि कार्यक्रम तय गरिएको जानकारी कार्यक्रम संयोजक निमा शेर्पाले दिएका छन्।
शेर्पाका अनुसार प्रवचनको लागि नेपालबाट आचार्य कमल लामाको उपस्थिति रहेने छ, त्यसै गरि २६४१ औ बुद्ध जयन्ति भब्य र सभ्य तवरले सम्पन्न गर्नका लागि सम्पूर्ण नपाली दाजु भाइ, दिदि बैनीहरुलाई हार्दिक निमन्त्रणा गरिएको आयोजक समितिले बताएको छ।
उक्त दिन  बुद्ध पूजा , बुद्ध दर्शन प्रबचन , बिपस्यना ध्यान योगा, बुद्ध कप फूटबल , भलिबल , म्यूजीकल चेयर लगायत अन्य धार्मिक, संस्कृतिक तथा खेलकुद सम्बन्धि  कार्यक्रम रहेको आयोजकले बताएको छ।
कार्यक्रम निम्न समय र स्थानमा हुदैछ।
समय: दिन को ११ बजे देखि ५ बजे सम्म
मिति –  १४ मे, आइत बार
स्थान – Holbeach Avenue, Tempe Reserve