सम्झनामा वैशाख १२

काठमाडौं– दुई वर्षअघि आजकै दिन अर्थात वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गएको थियो । आज वैशाख १२ गते भूकम्प गएको दुई वर्ष पुरा भएको छ । भूकम्प गएको दुई वर्ष पुगे पनि अधिकांश भूकम्पपीडितहरु भने अहिले पनि टहरामै बस्न बाध्य छन् । यो अवधिमा देशमा तीन वटा सरकार परिवर्तन भए पनि भूकम्पपीडितहरुको नियतीमा भने परिवर्तन आएको छैन । आज पनि झन्डै ९० प्रतिशत भूकम्पपीडितहरु टहरामै बस्न बाध्य छन् । पछिल्ला तीन वटा सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरे पनि पीडितहरुले अहिलेसम्म राहत महसुस गर्न पाएका छैनन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्र ३० अर्ब ५२ करोड रुपैयाँ तथा अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भैसकेको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने पनि भूकम्पपछिको पुनर्निर्माणमा सरकार असफल देखिएको छ । पुनर्निर्माणमा सुस्तता छाउनुमा प्राधिकरणका अधिकारी तथा सरकारी कर्मचारीबीच समन्वयको अभावलाई मुख्य जिम्मेवार मान्ने गरिएको छ । यतिबेला देश स्थानिय निर्वाचनमा होमिएका कारण पुनर्निर्माणको काम ठप्प झैं भएको छ ।
एक सय ३३ वटा पूर्ण क्षति र ६ सय १७ वटा आंशिक क्षति भएका पुरातात्विक सम्पदामध्ये बौद्धनाथ क्षेत्रबाहेक अन्यको पुनर्निर्माण पूरा भएको छैन । पाटन दरबार क्षेत्रका २८ वटा, वसन्तपुर दरबार क्षेत्रका १२ वटा, भक्तपुर दरबार क्षेत्रका १९ वटा, स्वयम्भू क्षेत्रका चारवटा, पशुपति क्षेत्रका २१ वटा, चाँगुनारायण परिसरका पाँचवटा सम्पदा पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...