यी निर्णयमा छन् एमालेको आपत्ति

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर पहिलो चरणको निर्वाचनको तत्काल मतगणना गरिँदा दोस्रो चरणको निर्वाचनलाई असर तुल्याउने भएकाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई ध्यान दिन सुझाव दिएको छ ।
सरकार र आयोगले एमालेसँग कुनै सोधपुछ र परामर्श नै नगरी किन लामो अन्तर राखेर दुई चरणमा निर्वाचन घोषणा भयो भनी प्रतिनिधिमण्डलले विरोध जनाएको थियो । टोलीले निर्वाचनको स्वच्छता, निस्पक्षताको सुन्दरताको जर्गेना गर्ने प्रमुख दायित्व आयोगको भएको पनि स्मरण गरायो ।
दुई चरणमा निर्वाचन घोषणा भएकोप्रति गुनासो व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनको लागि घोषणा भएको मितिसमेत गलत भएको प्रतिनिधिमण्डलले जनाएको छ ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपनेता नेम्वाङले निर्वाचन स्वच्छ, निष्पक्ष र पवित्र हुनुपर्छ भन्ने मान्यता ठुलो हो की मतपेटिका लामो समयसम्म कसरी राख्ने भन्ने कुरा ठुलो हो ? भन्ने जिज्ञासा राखेका छन् ।
दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा आचारसंहिता विपरीत १५ जेठमा बजेट घोषणा गर्ने काम ठिक नहुने जिकिर गर्दै उनले मुलुक निर्वाचनमय भएको हुँदा अब स्थानीय तहको सङ्ख्या बढाइए एमालेका लागि मान्य नहुने धारणा राखेका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...