पोखरामा सार्वजनिक भयो कन्दराको ‘भेडी गोठैमा’
पोखरा— करिब एक दशकपछि पोखराको चर्चित ब्याण्ड ‘कन्दरा’ नयाँ एल्बमको साथ बजारमा आएको छ । शनिबार पोखरामा ब्याण्डले पछिल्लो एल्बम ‘भेडी गोठैमा’ सार्वजनिक गर्दै आफुहरु ‘पुनरागमन’ भएको उद्घोष गर्यो । एल्बम सार्वजनिक गरेपछि ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठले भने–‘हामी फेरि उहि पुरानै शैली र स्वाद सहित आएका छौं । स्रोता तथा दर्शकको साथ फेरि पाउने आशामा ।’ पाँचौं एल्बम ‘भेडी गोठै’मा सार्वजनिक गर्दै ब्याण्डले शनिबार विशेष प्रस्तुती पनि राख्यो ।
उही मन्द मुस्कानसहित ‘ड्यासिङ लुक्स’ मा कन्दराका गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्डका सदस्यसहित मञ्चमा झुल्किए । मञ्चमा झुल्किनुसाथ विवेक करिब २२ वर्ष अगाडि पुगे । केहि ‘नोस्टाल्जिक’ बने । तत्कालिन समयमा विवेक भर्खर स्कुल सकेर कलेज जाने तय गर्दै थिए । सहपाठी सुनील थापा जो अहिले ब्याण्डका ड्रमर तथा कम्पोजर हुन्, उनीसंग मिलेर एउटा गीत बनाउने तयारी गरे ।
त्यो बेला बनाएको गीत थियो, ‘तिमी पारी त्यो गाउँमा…’ । यहि गीतबाट उनले आफ्नो प्रस्तुती शुरु गरे । प्रस्तुती सकिएपछि तालि परर्र बज्यो । अनि विवेकले भने–‘यो गीत मेरो जीवनकै माईलस्टोन गीत हो । कलिलो उमेरमा बनाएको यो गीतले अझै पनि विवेक श्रेष्ठ र कन्दरालाई चिनाईराखेको छ । यो गीतलाई पछिल्लो छिमलका पुस्ताले पनि अझै मन पराएका छन् । जुन कुरा मलाई खुब मन पर्छ ।’
विवेक ‘नोस्टाल्जिक’ हुन अझै छाडेनन् । ‘त्यतिबेला गितार बोकेर हिँड्दा बाबुआमाले छोरो बिग्रियो भनेर गालि पनि गर्नुहुन्थ्यो । कतिपयले पप गीत गाएर नेपाली मौलिक गीतलाई बिगार्ने गरेको आरोप पनि लगाए ।’ उनले जोडे–‘यद्यपी हाम्रा गीतहरु सबै उमेर समुहका नेपालीहरुले उत्तिकै मन पराए । हामीले एउटा चुनौती पार गर्यौं ।’
कन्दराको गीत हिट हुनुमा मौलिकपना मुख्य कारण भएको सबैले भन्छन् । र, विवेकले पनि यसमा सहि थापे । उनले कन्दराको गीतहरु मौलिक हुनुमा गीतकारहरुको देन महत्वपूर्ण भएको बताए । र, स्वर्गीय गीतकार विनोद गौचनलाई सम्झिए । पछिल्लोपटक कन्दराको एउटा हिट गीत ‘तगारोमा रुमाल राखि’लाई उनै गौचनले लेखेका हुन् । गीत गाईसकेपछि ब्याण्डको तर्फबाट विवेकले गौचनलाई श्रद्धान्जली व्यक्त गरे ।
त्यतिले मात्रै पुगेन । गौचनले लेखेको गीतलाई कन्दराले आफ्नो पााचौ एल्बम ‘भेडी गोठैमा’मा पनि समेटेको छ । गौचनले लेखेको गीत ‘चन्द्रकोटकी नानी’ पनि कन्दराले आफ्नो प्रस्तुतीमा राख्यो ।
चन्द्रकोट गाऊा र त्यहााकी सोल्टीनीको कुरा गर्दागर्दै कन्दरा एकैचोटि लेक भन्दा पनि माथि सााग्रीलामा पुग्यो । मौलिक भाकालाई केहि मोर्डन टच दिएर तयार पारेको गीत ‘भेडी गोठैमा’ कन्दराको दोस्रो अन्तिम प्रस्तुती बन्यो । पोखरेली युवा साास्कृतिक परिवारको आयोजनामा भएको एल्बम ‘भेडी गोठैमा’को विमोचनमा आएका सम्पूर्णलाई धन्यबाद दिादै विवेकले उहि चर्चित गीत ‘हङकङ पोखरा’ गाएर प्रस्तुतीलाई टुंगाए ।
कन्दराको पछिल्लो एल्बम ‘भेडी गोठैमा’लाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । विमोचन गर्दै उनले नेपाली मौलिक संगीत र पश्चिमेली संगीतको बीचमा रहेर मध्यधारमा गीत गाउादै आएको कन्दरालाई ‘पुनरागमन सफलता’को शुभकामना दिए । उनले पोखरालाई साागीतिक शहर बनाउन ‘कन्दरा’ले ठुलो योगदान दिएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाए ।
त्यस्तै कवि तथा सास्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरालाई झलकमान गन्धर्व, अलि मियाा, धर्मराज थापाहरुले जस्तै गरि साागीतिक शहरको रुपमा चिनाउनमा कन्दराले पछिल्लो पटक योगदान दिएको बताए । त्यस्तै कवि सरस्वती प्रतिक्षाले लामो समयको अन्तरालमा आएपनि कन्दराले उस्तै स्रोताहरुको साथ पाउने अपेक्षा गरिन् ।
शनिबार भएको कन्दरा ब्याण्डको नयाँ एल्बम ‘भेडी गोठैमा’को व्यवस्थापनमा भिजुअल जोन ईभेन्ट कम्पनीले सघाएको थियो । स्टेरियो रेकर्डस्ले बजार व्यवस्थापन गर्ने नयाँ एल्बमको कभर ठिकठाक डटकमका सुरज श्रेष्ठले तयार पारेका हुन् । शनिबारको कार्यक्रम पोखरेली युवा साास्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको थियो ।
पोखराबाट रेम बिक
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...