संशोधन विधेयकको विपक्षमा उभिने विपक्षी गठबन्धनको योजना

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रमुख प्रतिपक्षी एमाले सहित नौ दलीय विपक्षी गठबन्धनले सरकारद्वारा संसदमा पेस भएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने औपचारिक निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित एमाले संसदीय दलको कार्यालयमा बिहिबार बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधन विधेयकमाथि थप संशोधन हाल्ने निर्णय समेत गरेको छ ।
विपक्षी दलहरुले संयुक्त र दलगत रुपमा छुट्टाछुट्टै संशोधन हाल्ने निर्णय गरेका छन् । गठबन्धन आबद्ध दलमा एक तिहाई भन्दा बढी सांसद रहेका छन् । विपक्षी गठबन्धनको एकता कायम रहेमा संसदमा सरकारद्धारा पेश भएको संशोधन विद्येयकमा दुई तिहाई नपुग्ने देखिन्छ । तर सरकारले एमालेको समर्थन बिना पनि संशोधन प्रस्ताव पारित हुने दाबी गर्दै आएको छ । सरकारले मधेसी मोर्चासहित आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागि गराउन भन्दै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक झन राष्ट्रहित विपरीत रहेको गठबन्धनको निष्कर्ष छ । मधेशी मोर्चाले बटमलाईन बनाएको प्रदेश सीमा हेरफेर, भाषा र प्रदेशको अधिकार कटौती लगायतका बिषयमा विपक्षी गठबन्धनले गम्भिर असहमती राख्दै आएका छन् । गठबन्धनमा एमाले, माले, नेमकिपा, परिवार दल लगायतका नौ दल सहभागी छन् ।