संशोधन विधेयकको विपक्षमा उभिने विपक्षी गठबन्धनको योजना

काठमाडौं– प्रमुख प्रतिपक्षी एमाले सहित नौ दलीय विपक्षी गठबन्धनले सरकारद्वारा संसदमा पेस भएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने औपचारिक निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित एमाले संसदीय दलको कार्यालयमा बिहिबार बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधन विधेयकमाथि थप संशोधन हाल्ने निर्णय समेत गरेको छ ।
विपक्षी दलहरुले संयुक्त र दलगत रुपमा छुट्टाछुट्टै संशोधन हाल्ने निर्णय गरेका छन् । गठबन्धन आबद्ध दलमा एक तिहाई भन्दा बढी सांसद रहेका छन् । विपक्षी गठबन्धनको एकता कायम रहेमा संसदमा सरकारद्धारा पेश भएको संशोधन विद्येयकमा दुई तिहाई नपुग्ने देखिन्छ । तर सरकारले एमालेको समर्थन बिना पनि संशोधन प्रस्ताव पारित हुने दाबी गर्दै आएको छ । सरकारले मधेसी मोर्चासहित आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागि गराउन भन्दै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक झन राष्ट्रहित विपरीत रहेको गठबन्धनको निष्कर्ष छ । मधेशी मोर्चाले बटमलाईन बनाएको प्रदेश सीमा हेरफेर, भाषा र प्रदेशको अधिकार कटौती लगायतका बिषयमा विपक्षी गठबन्धनले गम्भिर असहमती राख्दै आएका छन् । गठबन्धनमा एमाले, माले, नेमकिपा, परिवार दल लगायतका नौ दल सहभागी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...