सुवान चौलागाईंलाई अध्यक्ष चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको प्रथम अधिवेशन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलियाको प्रथम अधिवेशन अप्रिल २९ का दिन सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले सुवान चौलागाईंको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्बसम्मत नयाँ कार्य समितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तीन जना कमला पोखरेल (भिक्टोरिया बाट), अमित कुमार शर्मा, विज्ञान पाल चयन हुनुभएको छ भने महासचिवमा तीर्थराज कार्की, सचिवमा बाबु गोर्खाली, कोषाध्यक्षमा विकास श्रेष्ठ, पब्लिक अफिसरमा कृष्ण कार्की, प्रवक्तामा रुविना केसी, महिला संयोजकमा रेखा न्यौपाने र युवा संयोजकमा क्षितिज बुढाथोकी चयन हुनु भएको छ । त्यसैगरि कार्यसमितिका सदस्यहरुमा एकिन्द्र प्रसाद भण्डारी, सीता राम पन्त, प्रकाश सुवेदी र कृष्णराज गौतम (अनुप) रहनु भएको छ।
उक्त अधिवेशनले ओसेनिया क्षेत्रीय संयोजक पदमा शिव श्रेष्ठलाई चयन गरेको छ । नेतृत्व छनोट र बन्द सत्र पछिको अधिबेशनको खुल्ला सत्रको आथित्यता न्यूसाउथवेल्सका लागि महावाणिज्यदूत दिपक खड्काले गर्नु भएको थियो भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । उपस्थित सबैले नबनिर्बाचित समितिलाई बधाई दिदै सफल कार्यकालको कामना गरेका थिए। 
नेपालमा नयाँ शक्ति पार्टीसँग आस्था राख्ने साथीहरु बीचमा गठित अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलियाले अस्ट्रेलियाको हकमा भने यहाँका सबै सामाजिक संघ संस्थाहरु संग हातेमालो गर्दै बृहत्तर नेपाली समुदायको हितमामा कार्य गर्ने र प्रबासबाट देशमा गर्न सकिने परिबर्तनको भूमिकामा अगाडी बढ्ने नबनिर्बाचित अध्यक्ष सुवान चौलागाईंले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए। कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य समिम अनवर र बिनोद पौडेलले नयाँ कार्यसमितिलाई बधाई दिदै नयाँ टिम संग आफुहरु हातमा हात मिलाई अगाडी बढ्ने बताए।
साथै संस्थाले एनएसडब्लु स्टेटको लागि महेश भट्टराईलाई संयोजक, यज्ञ रेग्मी – सहसंयोजक, तुलबाहादुर पुन- सचिब, र स्टेट कै लागि कार्यकारी सदस्यहरुमा अनिल बिश्वकर्मा, विजय सुबेदी, अनोज खड्का, नम्रता खत्री र अब्दुल सद्दाम हवारी चयन गरेको छ । त्यसै गरि अधिबेसनले बिष्णु सेढाईलाई एसीटिको तर्फबाट कार्यकारी सदस्य चयन गरेको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



