राम रुवालीको ‘पबित्र बन्धन’ सार्बजनिक 

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, बैशाख १७, २०७४
राम रुवालीका जीबनका सत्य र तथ्य बोकेका शब्दहरु, ख्याती प्राप्त गायक शिब परियारको स्वरमा कर्णप्रिय कोशेली बनेर “पबित्र बन्धन’ बोलको गीतको म्यूजिक भिडीयो सहित हालै सार्बजनिक भएको छ । बसन्त सापकोटाको संगितको यो गीतको म्युजिक भिडियोलाई दिपेन्द्र के सी ले निर्देशन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।  मोडेलहरु  सुनिल बस्नेत, सिर्जना र महेशको जिबन्त अभिनयलाई हरि हुमागाई क्यामेरामा कैद गरेका हुन्।
सार्बजनिक भएको गीतका बारेमा कुरा गर्दै गीतकार राम रुवालीले यो गीतले  जिबन बिताउने क्रममा आउने उतार चढाव, एक छिनको मोज मस्ती र बिचलनले आउने बिग्रह आदि कुरा हरुलाई न्युन्करण गरेर सम्बन्धको पबित्र बन्धनलाई आत्म सात गर्दै आगाडी बढ्ने पेरणा दिन खोजेको बताए।  द नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै रुवाली ले गीत ले भने जस्तै ‘जिन्दगि त चलेकै छ तिम्रो साथ छुटे पनि … ‘ हो जिन्दगि त चल्छ तर पबित्र बन्धनको सिमा तोडेर अगाडी बढ्दा त्यसको बिग्रह आफु मात्र होइन आफ्ना सन्तान नातागोता शुभ चिन्तक र समाज सम्म पुग्दछ ।   जिन्दगि हो दुख सुख आउछन् जान्छन तर पबित्र बन्धनको पवित्रतालाई उच्च सम्मान गर्दै अगाडी बढौ भन्ने संदेश दिन खोजेको बताए।