एनआरएनए अस्ट्रेलियाको सदस्यता ८४०० पुग्यो   

अप्रिल ३० बाट सदस्य बन्ने म्याद सकियो
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
एनआरएन अष्ट्रेलियाले २०१७-२०१९ कार्यकालको लागि आह्वान गरेको संस्थाको सदस्यता लिने समय अप्रिल ३० बाट सकिएको छ ।  सदस्यता सकिन ३ दिन मात्र बाँकि रहँदा ३५ सयको हराहरिमा सदस्य रहको संस्थामा बितेका ३ दिनमा उत्साह जनक परिबर्तन हुदै सदस्य संख्या ८ हजार चार सय पुगेको हो । आगामी कार्यकालका लागि नेतृत्व छान्न संस्थाले जुलाई ८ को मिति तय गरिसकेको छ, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल यसलाई  नेतृत्व छान्न र नेतृत्वमा पुग्नका लागि उत्साहित साथिहरुको भावना र सोहि अनुसार सदस्यतामा आएको बढाउ हो  भन्न्र रुचाउँछन् ।  एकाएक अन्तिममा बढ्ने कुरालाई पनि सिग्देल सहजताका साथ लिन अनुरोध गर्दछन ।  उनका अनुसार यो हामी प्राय धेरैको बानि पनि हो किनकि हामी यस्ता कुराहरु अन्तिम समयमा नै गर्न बढी रुचाउँछौ । आफ्नो कार्यकालमा भए गरेका राम्रो कामहरु ले एनआरएन अस्ट्रेलियाको छबि अझ उँचो भएको र धेरै भन्दा धेरै साथीहरु यस संस्थामा आबद्द हुन उत्साहित भएकोमा पनि सिग्देलले सबै सदस्यहरु, बर्तमान, राष्ट्रिय, स्टेटका कार्यसमितिका सबै साथिहरुलाई धेरै धेरै धन्यबाद बयक्त गरे।
एनआरएन अष्ट्रेलियाको अधिकारिक वेब साइटका अनुसार  ७२१० सदस्यहरुको सदस्यता स्वीकृत भई सकेको छ भने १२३० पेण्डिङ्गमा छन् ।  एनआरएन अष्ट्रेलियाका बर्तमान कोषाध्यक्ष डिला खरेलका अनुसार पेण्डिङ्ग सदस्य भनेको  सदस्यका लागि आबेदन आई सकेका तर शुक्ल वा आवश्यक कागजपत्र नआइपुगेका सदस्यहरु हुन्। जुन उनीहरुका नामबाट समय मै  शुल्क वा आवश्यक कागजपत्र आइपुगेपछि स्वत स्विकृत हुन्छ । कोषाध्यक्ष खरेलका अनुसार यसरी सद्स्य बनेकाले तिरेको सदस्य शुल्कबाट करिब ५ डलर ( यु अस ३ डलर) आइसीसीमा जान्छ, ५ डलर सोसियल वेलफेर फण्डमा, थप १० डलर एनआरएनए को भवन निर्माण फण्डमा जाने निर्णय आइसीसीले गरिसकेको छ तर एनसीसीबाट पारित नभइ सकेको अवस्था छ ।  यस बाहेक बाँकि रहेको रकमको ५० प्रतिशत सम्बन्धित सदस्यको स्टेट कमिटिमा र बाँकीरहेको ५० प्रतिशत रास्ट्रिय समितिमा रहनेछ।
यस पटक पनि सबै भन्दा धेरै सदस्य एनएसडब्लुबाट र कम सदस्य तज्मेनियाबाट बनेका छन्।