आजदेखि काठमाडौंमा मेट्रो बस

काठमाडौं— काठमाडौंमा आज सोमबारदेखि सुविधासम्पन्न मेट्रो बस सञ्चालन हुने भएका छन् । करिव १६ करोड रुपैयाँको लागतमा नीजि क्षेत्रको महानगर यातायात प्रालिले ३९ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौंको वनस्थलीमा अहिले दिउँसो २ बजे एउटा विशेष कार्यक्रम आयोजना गर्दै बस सञ्चालनको थालनी गरिने बताइन्छ ।
महानगर यातायात प्रालिका सन्तोष खतिवडाका अनुसार यी बसहरु अहिले काठमाडौंको रिङरोडमा सञ्चालन हुनेछन् । यी बसहरु सञ्चालन भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन केही सहज हुने अनुमान गरिएको छ ।
सुविधा सम्पन्न यी बसहरुका साथै लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैदेखि सञ्चालनमा आउँदैछ । यो एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्नेछन् । बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ । बसमा निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा समेत उपलब्ध छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...