आजदेखि काठमाडौंमा मेट्रो बस

काठमाडौं— काठमाडौंमा आज सोमबारदेखि सुविधासम्पन्न मेट्रो बस सञ्चालन हुने भएका छन् । करिव १६ करोड रुपैयाँको लागतमा नीजि क्षेत्रको महानगर यातायात प्रालिले ३९ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौंको वनस्थलीमा अहिले दिउँसो २ बजे एउटा विशेष कार्यक्रम आयोजना गर्दै बस सञ्चालनको थालनी गरिने बताइन्छ ।
महानगर यातायात प्रालिका सन्तोष खतिवडाका अनुसार यी बसहरु अहिले काठमाडौंको रिङरोडमा सञ्चालन हुनेछन् । यी बसहरु सञ्चालन भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन केही सहज हुने अनुमान गरिएको छ ।
सुविधा सम्पन्न यी बसहरुका साथै लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैदेखि सञ्चालनमा आउँदैछ । यो एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्नेछन् । बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ । बसमा निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा समेत उपलब्ध छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...