धेरैले रुचाएको सत्य–स्वरुप साँझ

त्यो साँझ ह्याप्पी रिसेप्सनको माहोल साँच्चैनै ह्याप्पी र मन्त्रमुग्ध थियो । सत्यस्वरुपबाट निस्केको प्रत्येक ध्वनिमा उपस्थित प्रत्येक व्यक्तिहरु नतमस्तक भई, संगीतमा लठ्ठिएर, मातिएको साँझ थियो त्यो । जब सत्यभित्र स्वरुप हुन्छ, स्वरुपभित्र सत्य हुन्छ त्यसबाट निस्कने प्रत्येक ध्वनि मृदुल हुन्छ । इतिहास साक्षी छ मृदुल ध्वनिबाट नै कालजयी गीतहरु गुञ्जीन्छन् काल कालान्तरसम्म । समयको रफ्तारमा कति स्वर्णिम धुनहरु गुञ्जिय तर प्रत्यक्ष त्यो युगलाई हामीले महसूस गर्न सकेनौं तर त्यो साँझ लाग्थ्यो फेरि एउटा युग फर्किएर आएको छ र त्यो मौका हाम्रो अगाडि छ । अनि हामी सबै एउटा इतिहासको प्रत्यक्षदर्शी भएका छौ ।
सेभेन इपिक इन्टरटेन्मेन्टले यही अप्रिल २८ तारिख, शुक्रबारका दिन आयोजना गरेको सत्य–स्वरुप साँझ वास्तवमा नै एक उत्कृष्ट साँझ बन्न पुगेको छ । नेपाली सुगम संगीत क्षेत्रमा सुमुधुर स्वरका धनिका रुपमा परिचित सत्यराज आचार्य र स्वरूपराज आचार्यको जोडजाड प्रस्तुतिले सबैलाई मनोरञ्जन दिएको थियो । आफ्ना गीत साथसाथै बुबा भक्तराजलाई समर्पित गरेर उनीहरुले बुबाको कालजयी गीतहरु पनि गाएका थिए । मुटु जलिरहेछ , धेरै माया दिदा रैछन्, म ढले म ढले जस्ता अन्य सुपरहिट गानाहरु पनि उनीहरुले गाएका थिए । आचार्य दाजुभाइ नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन् । विशेष गरि आधुनिक शैलीका गीत गाउने सत्य–स्वरुप नेपाली संगीतका भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्र हुन् । यस कार्यक्रमलाई कँडेल कन्सल्टेन्सीले प्रायोजन गरेको थियो । सेभेन इपिक इन्टरटेनमेन्टले गत वर्ष अर्का चर्चित गायक कर्णदासको एकल साँझ कार्यक्रमको सफल आयोजना गरेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...