न्याभको मल्टिकल्चरल क्रिकेट प्रतियोगिता सम्पन्न

नेप्लिज एशोसिएसन अफ भिक्टोरिया अर्थात न्याभको आयोजनामा यही १६ अप्रिलमा तीन दिनसम्म चलेको मल्टिकल्चरल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । अप्रिल १४ देखि सुरु भएको यस प्रतियोगितामा न्याभ मल्टिकल्चरल क्रिकेटको उपाधि श्रीलंकन समुदायको टिम नर्दन लायन्सले जित्न सफल भएको छ । फाईनलमा भारतीय र श्रीलंकन समुदायका टिमबीच प्रतिस्पर्धा भएको थियो भने सेमिफाईनलमा दुई नेपाली टिम पुग्न सफल भएका थिए ।
निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा नर्दन लायन्सले शक्ति लायन्सलाई १ सय १४ रनको लक्ष्य पछ्याउँदै पराजित गर्न सफल भएको हो । टस जितेर पहिले व्याटिंग रोजेको शक्ति लयन्सले २० ओभरमा १ सय १४ रनको लक्ष्य दिएको थियो । १७ ओभर र तीन विकेटको क्षतिमा नै नर्दन लायन्सले उक्त लक्ष्य पूरा गरेको थियो । प्रतियोगितामा नेपाली न्याभ टीम बीबाट बेष्ट बलर रञ्जन कँडेल घोषित भए भने बेष्ट व्याट्सम्यान नर्दन लायन्सका समन बनेका थिए । म्यान अफ द सोही टिमका म्याच रविन्द्र करुणारत्ने बन्न सफल भए । प्लेयर अफ द सिरिज शक्ति लायन्सका जतिन्दर सिंह घोषित भए ।
प्रतियोगीताको समापन समारोहमा अष्ट्रेलियाको महिला क्रिकेटकी पूर्वकप्तान जोडी फिल्डस, भिक्टोरियन मल्टिकल्चरल कमिश्नर डा. सुन्दरम शिवामलाई, डरेविन काउन्सिलकी काउन्सिलर लिना मसिना, डरेविन ईथ्नीक कम्युनिटी काउन्सिलका सुरैन सुर्यानारायण, न्याभका पूर्वअध्यक्षहरु रञ्जन वैद्य, बम योञ्जन, क्रिकेट भिक्टोरियाका प्रतिनिधि एवं नेपाली टिमका कोच हुसेन हनिफ, रोहित अख्तर, जेष्ठ नागरिक हर्क राईका, कंडेल कन्सल्टेन्सिका खगराज कंडेल, यति फूटवल क्लबका सुदिप मास्के, एनआएनएका प्रतिनिधि साथै अन्य नेपाली समुदायका विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
भिक्टोरियन मल्टिकल्चरल कमिशन र क्रिकेट अष्ट्रेलियाको अनुदान तथा नेपाली समुदायको पहलमा यस क्रिकेट प्रतियोगिता सफल भएको थियो । नेपाली टाइम्स मेलवर्नसँग कुरा गर्दै प्रतियोगिताका संयोजक एवं न्याभको उपाध्यक्ष तारा गैरेले प्रतियोगिता सफलतापूर्ण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए र नेपाली समुदायमा यसरी बहुसाँस्कृतिक क्रिकेट प्रतियोगिता हुनु भनेको हाम्रो पहिचान र क्षमता अष्ट्रेलियन बहुसांस्कृतिक समाजमा फैलिनु बताएका थिए । उनले आगामी वर्ष पनि मल्टिकल्चरल क्रिकेट आयोजना गरिने र यसको निरन्तरता धेरै वर्षसम्म पनि भइरहोस् भन्दै यस प्रतियोगीतामा उनलाई सहयोग गर्ने न्याभको टिम तथा नेपाली समुदायका व्यक्तित्वहरु र मिडियाकर्मीहरुलाई विशेष धन्यवाद दिएका थिए ।
प्रतियोगिताको उद्घाटनका लागि भिक्टोरियन मल्टिकल्चरल कमिशनकी कमिश्नर मिम्मी क्लाउडीन आएकी थिइन् भने कार्यक्रमको समापनमा अष्ट्रेलियाको महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्वकप्तान जोडी फिल्डस प्रमुख अतिथि रहेकी थिइन् । प्रतियोगीताको उपाधि विजेता टिमलाई न्याभका अध्यक्ष डा. अनुपम पोखरेल र जोडी फिल्ड्सले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...