स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रारम्भ

काठमाडौं–स्थानीय तह निर्वाचनका लागि ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा उम्मेदवारी दर्ता प्रारम्भ भएको छ ।
वैशाख ३१ गते सम्पन्न हुने निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको हो । देशभरका ७४४ वटा स्थानीय तहमध्ये ३१ वैशाखमा तीन प्रदेशका २८३ वटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि १९ वैशाख विहान १० बजेदेखि ५ बजेसम्मको समय तय गरेको छ । ३, ४ र ६ नम्बर प्रदेशका सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै तहमा उम्मेदवारी दर्ताका लागि दलका नेता(कार्यकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...