लोकप्रिय हुँदैछ अस्ट्रेलियामा छायांकन गरिएको यो म्युजिक भिडियो

काठमाडौं– गायक शिव श्रेष्ठको स्वरको पप गीत ‘गल्ति मेरो’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने कुरालाई दर्शाउन खोजिएको छ ।
चोखो माया गर्ने व्यक्तिलाई झुक्किएर पनि धोका दिनु हुन्न, कसैबाट धोका पाइयो भने कुलतमा फस्नुको साटो धोकालाई नै शक्तिमा परिवर्तन गर्न सक्यो भने भविष्य उज्वल बन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोलाई अस्ट्रेलियामै बसोबास गर्ने निर्देशक तथा फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन् । अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले परिचित सुरेनद्वारा निर्देशित यो सातौं म्युजिक भिडियो हो ।
कम्प्युटर ईन्जिनियर समेत रहेका लम्जुङमा जन्मिएका गायक शिव श्रेष्ठको ‘गल्ति मेरो…’ गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको कथावस्तुले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको प्रेम जीवनलाई चित्रण गरेको हो । यही भिडियोमार्फत अजय तामाङले अभिनयमा डेब्यू गरेका छन् । अजयलाई रुबिना श्रेष्ठ तथा दिलिप पौडेलले अभिनयमा साथ दिएका छन् । भिडियोलाई टेक बयलकोटीले छायांकन गरेका हुन् भने सुदिप श्रेष्ठ यसका सम्पादक हुन् । विक्रमराज श्रेष्ठको शब्दको यो गीतमा अमिर श्रेष्ठको संगीत निर्देशन छ । ब्रिजेश श्रेष्ठ यो गीतका संगीत संयोजक हुन् ।
स्याट प्रो इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोको नेप्कमम्स् सर्भिसले प्रायोजन गरेको छ । हरेक भिडियोमा सामाजिक सन्देश दिंदै आएको स्याट प्रो इन्टरटेन्मेन्टको आठ महिनामा यो आठौं म्युजिक भिडियो हो । चार मिनेटको यो भिडियो हेर्दा छोटो चलचित्र हेरे जस्तै अनुभव गर्न सकिन्छ । अस्ट्रेलियामा रहेका नेपाली कलाकार र निर्माण कम्पनीले अहिले नेपाली संगित बजारलाई बलियो बनाउन थालेको उक्त भिडियोको गुणस्तरताले देखाएको छ ।
यस्तो छ म्युजिक भिडियो :

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...