सरकारमा जाँदै विजय गच्छदार

आजै शपथ ग्रहण हुने
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं–नेपाल लोकतान्त्रिक फोरम सरकामा सहभागी हुने भएको छ । नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालयसहित पुपकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको हो ।
नेता रामजनम चौधरीका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ । गच्छदारले आजै साँझ शपथग्रहण गर्ने बताइन्छ । अन्य मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको चौधरीले जानकारी दिएका छन् ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि तिनै मन्त्रालय हेर्ने गरी गच्छदारलाई सरकारमा ल्याइएको हो । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।