अन्तराष्ट्रिय झपाली समाजको औपचारिक घोषणा 

अन्तराष्ट्रिय सम्मेलन दशैंमा  झापामा हुने
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
बिगत केहि महिना देखि तदर्थ समिति गठन भएर बिभिन्न देशहरुमा संजाल विस्तार गरिरहेको अन्तराष्ट्रिय झपाली समाजले हालै एक भेटघाट गरि समुदाय सदस्यहरु र पत्रकार बिच संस्थाको औपचारिक घोषणा कार्यक्रम सम्पन्न गरेको छ । गत ६ मे को दिन सिड्नी, बोंड़ाई  स्थित हाम्रो इन्स्टिच्युट अफ बिजिनेस टेक्नोलोजीमा सम्पन्न उक्त भेटघाट एबं घोषणा कार्यक्रममा अस्ट्रेलिया स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, झापाली समाजका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
अन्तराष्ट्रिय झापाली समाजका संयोजक श्री भवानी ओलीको प्रमुख अथित्यता र  झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थिति सबैले संस्थाको प्रगतिको कामना गरेका थिए भने संयोजक ओलीले संस्था स्थापनाको उदेश्य र औचित्यमा प्रकाश पर्दै संसारको कुना कुनामा कर्म संग संघर्ष गरी बस्नु हुने सम्पुर्ण झापालीहरूलाई एक शुत्रमा बाँध्ने र एकतालाई सम्बृद्ध पार्दै बिभिन्न जाती, भाषा, धर्म, लिंग, संस्कृति र राजनिति पृष्ठभुमि भएको हाम्रो झापा जिल्ला भएतापनि त्यो भन्दा माथी उठेर सामाजिक काममा आफ्नो गतिबिधि केन्द्रित गर्ने यस समाजको बिशुद्ध उद्धेश्य रहेको कुरा उल्लेख गरेको संस्थाद्वार जारि गरिएको प्रेस बिज्ञप्तिमा जनाईएको छ।
अन्तराष्ट्रिय झापाली समाजका महासचिब श्री रूपराज मैनालीले स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा सन्तोष सिटौला, दिनेश पोखरेल, दिपक खनाल लगाएतले समाजको बारेमा धेरै कुरा प्रष्ट पर्नु भएको थियो।
त्यस्तै एनआरएन आइसिसिका पुर्व प्रवक्ता तथा एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापित, एनआरएन आइसिसि सदस्य धर्म अधिकारी, एनआरएनए एससिसि न्यु साउथ वेल्सका सचिब भुपाल सिटौला, एनआरएनए क्विनस्ल्याण्डका पुर्व संयोजक एबम नेपाल सरकारका पर्यटन प्रतिनिधि स्वतन्त्र प्रताप शाह, प्रवासी म्याग्दी सेवा समाजका ओसीयाना क्षेत्रिय संयोजक हरी रामजाली, प्रवासी नेपाली मन्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष  छिरिङ्ग लामा तथा सचिब धिरज मल्ल, गोरखा नेप्लिज कम्युनिटीका उपाध्यक्ष देव गुरुंग, सुदुर पश्चिम समाजका अध्यक्ष केशब जोशी, बाग्लुङ समाजका अध्यक्ष टिका कार्की, रूपन्देही समाजका अध्यक्ष राज खनाल, एनफा अष्ट्रेलियाका अध्यक्ष  राजु मानन्धर, तनहु समाजका अध्यक्ष पि आर अधिकारी, तेह्रथुम समाजका अध्यक्ष  पुण्य सेडाई, ब्ल्याकटाउन नेप्लिज कम्युनिटिका अध्यक्ष  कृष्ण निरौला, नेपाली आदिबासी जनजाती मन्च अष्ट्रेलियाका पुर्व अध्यक्ष चित्र तुम्बाम्फे, तथा अबिभावक केदार पोखरेल लगायतले झापाली समाज सामाजिक एबम परोपकारी कार्यमा उदाहरणीय बन्न सकोस भनि शुभकामाना व्यक्त गरेका थिए।
झापाली समाज अष्ट्रेलियाका सहसचिव अशोक उप्रेतिले संचालन गर्नु भएको उक्त कार्यक्रममा आगामी दशैं लगत्तै झापामा अन्तराष्ट्रिय झापाली समाजको प्रथम अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारी बिभिन्न कार्यदलहरू गठन गरी शुरु गरिएको थियो।
औपचारिक घोषणा कार्यक्रममा घोषणा गरिएका अन्तराष्ट्रिय झापाली समाज तदर्थ समितिका पदाधिकारीहरू निम्न अनुसार रहेका छन्।
संयोजक: श्री भवानी प्रसाद ओली (अष्ट्रेलिया)
केन्द्रिय सह-संयोजक एवम् क्षेत्रिय संयोजकहरू:
 क्षेत्रिय संयोजक (ओसियाना): श्री खगेन्द्र सिटौला (सन्तोष) (अष्ट्रेलिया)
क्षेत्रिय संयोजक (एसिया प्यासिफिक): श्री के. पि. सिटौला (कोरिया)
क्षेत्रिय संयोजक (मध्य पुर्व): श्री ध्रुब संग्रौला (कुमार झापाली) (कुवेत)
क्षेत्रिय संयोजक (युरोप): श्री धन किरण गुरुङ (बेलायत)
क्षेत्रिय संयोजक (उत्तर अमेरिका): श्री प्रमोद सिटौला (अमेरिका)
महासचिव: श्री रुपराज मैनाली (अष्ट्रेलिया)
सचिव: श्री प्रसन्न संग्रौला (अमेरिका)
कोषाध्यक्ष: श्री बालहरी राई (लक्जेमबर्ग)
प्रवक्ता: श्री छत्र सुब्बा (हङकङ)
मिडिया संयोजक: श्री गणेश गौतम
सल्लाहकारहरू:
डा. जगदिश तिम्सिना (अष्ट्रेलिया)
मेघराज नेपाल (जापान)
जय ओडारी (इजरायल)
सदस्यहरू:
अष्ट्रेलिया:
दिनेश पोखरेल
दिपक खनाल
अमेरिका:
मदन पाठक
दुर्गेश कार्की
सुरेन सापकोटा
जापान:
मेघ राज नेपाल
तुलसी पाठक
चुडामणी काफ्ले
रमेश सुवेदी
समिक्षा संग्रौला
कोरिया:
सन्तोष श्रेष्ठ
राजु संतोषी थापा
पवन चामलिंग राई
सुशील मैनाली
कुवेत:
काशी लामा
प्रेम कार्की
अर्जुन बहादुर बस्नेत
राजु धिमाल
हंगकंग:
बिस्नु मुखीया
अम्बी राई
हेम लावती
मदन कन्दङ्गवा
इजरायल:
खेमराज जम्मरकट्टेल
माला योन्जन
रमेश रिजाल
साबित्रा लुइटेल घिमिरे
युएई:
रोहित कुमार भण्डारी
तेज मणि सूबेदी
दिपक बस्नेत(डी बी झापाली)
बिनुता बिमली बुढाथोकी
हृदय राज पौड्याल
अशोक चापागाई
युके:
बिज्ञान प्रसाई
आलेख राज चौहान
लक्जम्बर्ग:
अभिनय थापा
गौरब चुडाल
पवन खरेल
रेखा शिवाकोटी खरेल
मलेसिया:
दिपेश गौली
श्यामबाबु उप्रेति
क्यानडा:
दिपक तिम्सिना
साइप्रस:
रिना ओडारी
जर्मनी:
शिखर खड्का
राजु श्रेष्ठ
बहराइन:
मनोज कुमार पौडेल
पवन शिवाकोटी
बिष्णु दंगाल
सोमराज कन्दङ्गवा
किशोर श्रेष्ठ
बेलजियम:
कृष्ण उप्रेती
बिमल गिरी
कमल सिटौला
नारायण अधिकारी
रमण बिमली
कतार:
चुडामणी कार्की
सन्तोष पराजुली
महेन्द्र चौलागाई
राजन कार्की
भवानी प्रसाद कोईराला
नेदरल्याण्डस:
चन्द्र पौड्याल
धर्म कार्की
निल कण्ठ संग्रौला
यसका साथै अन्य देशहरुबाट थप सदस्यहरु आउने क्रम जारी रहेको संस्थाले जनाएको छ।