‘वान वेल्ट वान रोड’ परियोजनामा नेपालले हस्ताक्षर गर्ने

काठमाडौं– चिनियाँ महत्वाककांक्षी योजना वानवेल्ट वान रोडमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । यस सम्बन्धमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हस्ताक्षर गरेको बताईएको छ । लामो समयदेखि चीनको आग्रह अनुसार उक्त परियोजनामा हस्ताक्षर गर्न नसकेको उक्त परियोजनामा हस्ताक्षर गर्न अर्थमन्त्री कृष्णबहादुर महरा चीन जाने निर्णय भएको हो ।
यो निर्णयसँगै चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल सदस्य बन्ने निश्चित मात्रै भएको छैन, यसले नेपालमा नयाँ सम्भावनाको ढोका पनि उघारेको छ ।
आगामी बैशाख ३१ गते चीन जाने तयारीमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको सो भ्रमणमा क्रममा यस विषयमा हस्ताक्षर हुने बताईएको छ ।
उक्त परियोजनाको सदस्य बनेसँगै चीनले नेपालमा गर्ने लगानीको बृद्धि हुने र नेपालमा विकासको ढोका खुल्ने अपेक्षा यस क्षेत्रका जानकारहरुको छ ।
ओबीओआरमा नेपाल सदस्य बन्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिइएको छ । बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन मन्त्री महराको नेतृत्वमा सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखकसहित १२ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो ।
वैशाख ३१ र जेठ १ मा चीनले ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलन आयोजना गर्दैछ ।
चीन सरकारको उक्त अवधारणाभित्र रही भौतिक पूर्वाधार विकास, हवाई, सडक र रेल कनेक्टिभिटी विस्तार, पर्यटन, स्वतन्त्र व्यापार, विकास रणनीतिमा साझेदारीलगायत क्षेत्रमा नेपाल र चीनबीच सहकार्य हुनेछ । नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बन्न चीनसँग सन् २०१४ मै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...