अभिमानसिंह द्वाराअध्यक्षमा उम्मेदवारी घोषणा

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४
एनआरएनए अष्ट्रेलियाको आगामी २०१७-२०१९ को लागि नेतृत्व बारेमा गाइगुइ सुनिदै गर्दा सबैलाई उछिन्दै ठोस योजना र कार्यदिशा सहित अभिमानसिंह बस्नेतले आगामी कार्यकालको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बर्तमान कार्यसमितिमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबं क्वीन्सल्यान्डका राज्य समितिको संयोजक सिंहले ब्रिसबेनमा रहेका मिडियाकर्मी र एनआरएनएका शुभचिन्तक माझ एक कार्यक्रम सहित र अस्ट्रेलियाभरि रहेका गैर आबशीय नेपालीहरु बीच एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
गत महिनाको ३० तारिखमा एनआरएनए अष्ट्रेलियाको सदस्य बन्ने समय सकिएको छ भने आगामी जुलाई ८ का दिन नयाँ नेतृत्वका लागि चुनाब हुने तयारी हुदैछ ।  यसै बीच यो २ महिनाको समय यति ठुलो देशमा बस्ने र करिब नौ हजार सदस्यहरुलाई आफ्नो एजेन्डा पुराउन अझै कम हुने दाबी गर्दै आफुले हतारमा होइन सोच विचारका साथ उम्मेदवारी घोषणा गरेको सिंहले बताए।  आफ्नो हालको कार्यकाल निक्कै उत्साहा र सफलताका साथ पुरा गर्दै गरेको दाबि गर्दै सिंहले आफ्नो कार्यकालमा सुस्ताएका धेरै योजानाहरुलाई सशक्त बनाएको, नेपाल फेस्टिभल निक्कै सफलताका साथ सम्पन्न गरेका लगाएत निक्क्कै कामहरुले आफुलाई कुरा होइन काम गर्ने सक्ने एनआरएनएको सिपाहीको रुपमा धेरै चिनिसकेको उनले बताए । आफ्नो यहि उत्साहलाई अर्को २ बर्षको लागि एनआरएनए अष्ट्रेलियाको अध्यक्षको हैसियतमा कार्य गर्न आफु आएको बताउदै, आफ्नो केहि नयाँ एजेन्डाहरु मध्ये महत्वपूर्ण एजेन्डाहरु लाई उनले निम्न ६ बुदाँमा समेटेका छन्।
  • सामुहिक लगानीको वातावरण बनाउन पहल गर्ने
  • आप्रवासी विद्यार्थीका लागि सूचना केन्द्र,को स्थापना
  • दोहोरो नागरिकता कार्यान्वयनको लागि पहल गर्ने
  • सम्भब भए सम्मका स्थानमा नेपाली सामुदायिक भवन निर्माणको पहल गर्ने
  • कल्याणकारी कोषको क्षमता बृद्धि गर्ने
  • एनआरएनए अष्ट्रेलियाको सदस्यता संख्या कम्तिमा २० हजार पुराउने
ब्रिसबेन निबासी अभिमान सिंह बस्नेतले आफु ठोस योजना सहित संस्था भन्दा बाहिर परेका धेरै साथीहरु लाई संस्थामा समेट्दै सानो ठुलो जे सकिन्छ संयुक्त लगानीको अबधारणाले हामी सबै जन्मभूमि सँग जोडिरहनका लागि आफ्नो सदैब पहल रहने बताए। द नेपाली टाईम्स अस्ट्रेलिया संग आफ्नो उम्मेदवारीको औचित्यता प्रष्ट पर्दै सिंहले सामुहिक लगानीका लागि मात्र ८ अर्बको हाराहारीमा लगानी जुटाउन आफु संग योजना रहेको र सो रकम कुनै निश्चित र उत्पादनमुलक ठाउँमा देशमा लगानी गर्न सके मात्र पनि गैर आबशीय हरु लाई देश संग जोड्ने र देशमै धेरै रोजगारीको अवसर सिर्जना गर्ने सकिने उनले बताए ।  अबको यो २ महिना आफु धेरै भन्दा धेरै सदस्यहरु सँग सम्पर्क गर्न लागि पर्ने र सबैको सल्लहा र सुझाबलाई अझ लिपिबद्द गर्दै एनआरएनए अस्ट्रेलियालाई सबैको अपनत्व दिन कुनै कसर बाँकि नराख्ने बताए । आफ्ना एजेन्डाहरु र आगामी कार्यदिशाका बारेमा, कुनै गुनासो र सुझाब भए आफुलाई दिन अनुरोध गर्दै सम्पूर्ण सदस्यहरुलाई आफ्नो अमुल्य मत दिएर  आगामी कार्यकालको नतृत्व लिने आफुलाई अबसर दिन पनि सबैलाई सिंहले अनुरोध गरेका छन्।