निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या वृद्धि

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ । करिब दुई दशकपछि ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौँ छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरु समयको तुलनामा दैनिक पाँचदेखि सात हजार बढी मानिस बाहिरिएका छन् । उनले भने —‘अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिरीएका छन् ।’
दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।