नेपाल र चीनबीच ओबीओआरमा हस्ताक्षर

काठमाडौं– नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज शुक्रवार हस्ताक्षर गरेको छ । शुक्रवार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि मन्त्री महतले नेपालमा विदेशी लगानी र व्यापार प्रवर्द्धनका क्षेत्रमा नयाँ अध्यायको थालनी भएको बताए । ‘यो सम्झौताले नेपाल र चीनलाई सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी भित्रिएर आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु,’ मन्त्री महतले भने ।
नेपालमा धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ उठाउने विश्वास व्यक्त गरे । नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एशियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...