उत्साहपूर्ण रुपमा भैरहेको छ मतदान
प्रधानमन्त्रीद्वारा चितवनमा मतदान

काठमाडौं– करिव दुई दशकपछि आज भैरहेको स्थानीय निर्वाचनमा मतदाताहरु उत्साह रुपमा सहभागि भैरहेका छन् । काठमाडौंसहितका निर्वाचन भैरहेका तीन वटै क्षेत्रमा बिहानैदेखि शान्तितपूर्ण रुपमा निर्वाच्न भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित देखिएका छन् । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदाताहरु आफ्नो मतदान केन्द्र पुगेका थिए ।
सहयोगीनगर, कोटेश्व्रकी मतदाता बबिता ढकाल बिहान छ नबज्दै महादेवस्थान केन्द्रमा लाइन बस्न पुगिसकेकी थिइन् । ‘डेढ घण्टा लाइन बसेर ठिक आठ बजे भोट हालें । विगतका निर्वाचनको तुलनमा यसपटक मतदातामा बेग्लै उस्साह पाएको ढकालको कथन छ । विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् । दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो । मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरुको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन गएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...