पहिलो चरणको मतदान उत्साहपूर्ण

७१ प्रतिशत मत खस्यो
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौ– आइतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचणमा करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर छिटफुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आयोगले बताएका छन् ।
निर्वाचन सम्पन्न भएको केही समयपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले कालिकोटको कालिका गाउँपालिकास्थित बालाचौर मावि मतदान केन्द्र, दोलखाको मेलुङस्थित सत्यश्वर मावि मतदान केन्द्र र काभ्रेको नमोबुद्ध नगरापलिका(४ को एक मतदान केन्द्रमा निर्वाचन स्थगित भएको र चाँडै अर्को मिति तोकी निर्वाचन गराइने बताए ।
उनले दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन हेलिकप्टरको व्यवस्था मिलाइएको र स्थानीय राजनीतिक दलहरुको सहमतिमा मतगणनाको समय तोकिने बताए । धेरै स्थानहरुमा गत रातिदेखि नै मतगणना शुरु हुन सक्ने आयोगको भनाई छ ।
अहिले सफलतापूर्वक सम्पन्न भएको निर्वाचनले दोस्रो तहको निर्वाचन पनि शान्तिपूर्वक सफल पार्न बाँकी स्थानका मतदाता, राजनीतिक दल र सरोकारवाला सबै उत्साहित हुने उनले विश्वास गरे ।