यस्तो छ काठमाडौंका ७ नगरपालिकाको पछिल्लो अपडेट

काठमाडौं– काठमाडौंका ७ नगरपालिकामध्ये आज दिउसोसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।
एमालेले बुढानीलकण्ठ नगरपालिकामा मतान्तर बढाउँदै लगेको छ । बुढानीलकण्ठका २ वटा वडामा एमालेको प्यानलै विजयी भइसकेको छ । त्यस्तै, शंखरापुर नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।
एमालेले अग्रता लिएका अन्य नगरपालिकामा तारकेश्वर, नागार्जुन, दक्षिणकाली र कीर्तिपुर पनि हुन् । नेपाली कांग्रेसले गोकर्णेश्वर, कागेश्वरी मनहरा, टोखा र चन्द्रागिरी नगरपालिकामा अग्रता लिइरहेको छ ।
चन्द्रागिरीमा कांग्रेसको २,२५६ मत छ भने एमालेको १,११९ र माओवादी केन्द्रको ७९३ मत छ । टोखामा कांग्रेसले १,९९१ र एमलेले १, ४२२ मत प्राप्त गरेका छन् । गोकर्णेश्वरमा कांग्रेस ९४४, मत ल्याएर अगाडि छ । तारकेश्वर नगरपालिकामा ७८७ मत ल्याएर एमाले अग्रस्थानमा छ भने कांग्रेसले ६६७ मत ल्याएको छ । यहाँ माओवादी केन्द्रको १०२ मत छ । बुढानिलकण्ठमा एमालेले १,४९१, कांग्रेस १,१०९ र माओवादी केन्द्रले ३३१ मत प्राप्त गरेका छन् । शंखरापुर नगरपालिकामा एमाले १,४८२, कांग्रेस ९१६ र माओवादी केन्द्रले १, १८८ मत ल्याएका छन् । दक्षिणकाली नगरपालिकामा एमालेले १,३०० मत र कांग्रेसले १,२०० मत प्राप्त गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



