साँगीतिक धमाका गर्न नेपथ्य पुन मेल्वर्नमा 

-- नेपाली टाईम्स मेलबर्न / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४
यती फुटवल क्लबको आयोजना र सोलाङ्चर इभेन्टस् कम्पनिको व्यवस्थापनमा यही जूलाई ८ तारिख शनिवार मेल्वर्नको साउथ ब्याङ्क स्थित द प्लानेटसेकियर्स सेन्टरमा  ‘नेपथ्य लाइभ इन मेल्वर्न’ भव्य कार्यक्रम हुन गइरहेको छ । साइप्रस हलमा हिजो भएको पत्रकार सम्मेलनमा यति फुटबल क्लब र सोलाङ्चरका सदस्यहरुले नेपथ्यको कन्सर्टको पोष्टर सार्वजानिक गर्दै उक्त कन्सर्टको धोषणा गरेका थिए । कन्सर्टमा १२ वर्षभन्दा मुनिलाई प्रवेश निशुल्क राखिएको छ भने पहिलो रिलिजमा टिकट बुक गर्नेलाई ३५ डलर , सेकेण्ड रिलिजलाई ४० डलर र कन्सर्टकै दिन ढोकामा गएर किन्नेलाई ५० डलरको दरले प्रवेश शुल्क तोकिएको छ । मेल्वर्नको सिबीडिमा नै रहेको यस हलले २ हजार मानिसहरु अटाउने क्षमता बोकेको, हलको साउण्ड सिस्टम एकदमै राम्रो रहेको र मानिसहरु उभिएर नाँच्न रमाउनको लागि प्रशस्त ठाउँपनि रहेको आयोजकले बताएको छ ।
यती फुटवल क्लबको म्यानेजर कर्ण रानाले नेपथ्यको यो कन्सर्ट भव्य बनाउन र कार्यक्रमको दिन दर्शकहरुको सुविधा व्यवस्थापन गर्नको  निम्ति आयोजकको तर्फबाट केही पनि कसर नछोड्ने बताएका छन् । सोलाङ्चर जस्तो अनुभवी र दक्ष इभेन्टस् कम्पनिलाई नेपथ्र्यको इभेन्टस् व्यवस्थापनको जिम्मा दिन पाउँदा यती फुटबल क्लब एकदमै खुसी रहेको र यसरी नेपाली समाजको दुई बलिया संस्थाहरु एकजुट भएर कार्यक्रम गर्दा समाजमा सकारात्मक सन्देश पनि जाने अनि कार्यक्रम भव्य पनि हुने उनले बताएका छन् । त्यस्तै यति फुटवल क्लबको सदस्य सुदिप मास्केले यति फुटबल क्लबकै आयोजनामा २०१५ अप्रिल २६मा भएको नेपथ्य कन्सर्टलाई सम्झँदै त्यतिखेर कन्सर्ट नेपालमा गएको महाभूकम्पको भोलिपल्ट भएकोले कन्सर्टमा न त नेपथ्य न त दर्शकले रमाइलो गर्न पाए तर त्यतिखेरको धोको मेटाउने यसपाली सुनौलो अवसर रहेकोले नेपथ्य लाइभ इन मेल्वर्न कन्सर्टमा आएर कन्सर्टको मज्जा लिन दर्शकलाई अनुरोध गरेका छन् । 
त्यसैगरी यस कन्सर्टको व्यवस्थापनको जिम्म लिएका सोलाङ्चर इभेन्टस्को निर्देशक राजु शाक्यले प्रेस सम्मेलनमा बोल्दै यति फुटबल क्लबसँग मिलेर नेपथ्यको कन्सर्ट व्यवस्थापन र प्रबंधन गर्न पाउँदा अत्यन्त खुसी रहेको बताएका छन् । सोलाङ्चर सदैव समुदायमा मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा रहेकोले नै विगतका दिनहरुमा पनि अन्य इभेन्टस् कम्पनिहरुसँग मिलेर विभिन्न कार्यक्रमहरु गरेको, सफल भएको र यो कन्सर्ट पनि सफल हुने बताएका छन् । नेपथ्यले सँगीतबाट ल्याएको चेतना र मुलुक युद्धमा फसेको बेलादेखि आफ्नो प्रस्तुतिलाई शान्तिको आव्हानतर्फ मोडेका तथ्यहरु पस्कदै सोलाङ्गचर टिमले उनको लोकभाका/रक संगीतको अथवा देशको राजनीति, द्वन्द र सामजिक उथल पुथलको प्रभावमा परेका बालबालिकाहरुलाई सहयोग गर्न र उनीहरुको अधिकारको पक्षमा बोल्ने उनीहरुको ‘शान्तिको लागि शिक्षा’ भन्ने अभियानको प्रशंसा गर्न भएपनि कन्सर्टमा दर्शकहरु आउनु पर्ने बताएका छन् ।
दुई पटकसम्म मेल्वर्न आइसकेको नेपथ्य फेरि पनि त्यही बाण्डलाई नै किन भन्ने प्रश्नमा नेपथ्यले नेपाली लोक भाकालाई संगीतको मार्फतबाट संसारमा चिनाउने काम गरेको छ । पुरानो वाण्ड भएपनि उनीहरुको आफ्नो एउटा छुट्टै क्रेज रहेका छ । उनीहरुको गीतको सरल शब्द, बेलिचालीको भाषा र संगीतको धुन जति सुन्दा पनि पुरानो र वाक्क लाग्दैन । उनीहरुको गायकीमा यस्तो जादुमयी छ कि उनीहरुले यहाँ गाउँदा हामीलाई हाम्रो गाउँघरमा, पाखापखेरोमा साथीभाइहरुसँग हाँस्दै गाउँदै नाचेको महसुस हुन्छ । त्यसैकारणले पनि उनीहरुको नयाँ पुस्ताका फ्यान फलोअरस्हरु दिनदिनै बढिरहेको छ । उनीहरु कन्सर्टको मामिलामा एकदमै अनुभवी, दक्ष, निखारिएका  र उनीहरुमा टिमवर्क पनि राम्रो  भएकै कारण फेरि एकचोटि मेल्वर्नलाई उनीहरुको प्रस्तुतीको रौनक दिने सोचाइलेनै फेरि पनि नेपथ्य लाइभ गर्न लागेको आयोजक र व्यवस्थापन कमिटिको जवाफ आएको छ ।
स्मरण रहोस्, यस अघि पनि २०१२ सालमा सोलाङ्चरले नेपथ्य बाण्डलाई मेल्वर्न ल्याएको थियो भने २०१५ मा यति फुटबल क्लबले पनि मेल्वर्नमा नेपथ्य कन्सर्ट गरेको थियो ।