भाइरल हुँदै सिड्नीका गायक मनिष ढकालको तिलहरी…

काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा बसेर संगीत सम्बन्धि अध्ययन गरिरहेका गायक मनिष ढकालले गाएको दोस्रो गीत ‘तिलहरी…’ ले कम समयमै दर्शकको मन जितेको छ । गीतकार तथा कालिप्रसाद बासकोटाले यही गीतको शब्द तथा संगीतमार्फत पुनः एक पटक स्रोता तथा दर्शकको मन जितेका छन् । यस पटक उनले ‘तिलहरी…’ गीतमार्फत दर्शकलाई नयाँ स्वाद पस्किएका छन् । मनिष ढकालको स्वरमा तयार भएको यो गीतको भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमा सार्वजनिक भएको केही दिनमै एक लाख भन्दा बढि दर्शक पाएको यो भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।
दर्शकहरुको मन जितिसकेको ‘साइँली…’ गीतका श्रष्टा कालिप्रसादले ‘तिलहरी…’ गीतमार्फत पुनः आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मर्मस्पर्शी शब्द, कर्णप्रिय संगीत तथा गीत अनुसारको स्वर छनोट गर्न सिपालु कालीप्रसादले युवा गायक मनिष ढकालको स्वरलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
तिलहरीको भिडियोमा निर्देशक निकेश खड्काले वैदेशिक रोजगारीको कथा समेटेका छन् । यो भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । अभिनेता कामेश्वर चौरसिया तथा रंगमञ्चकी अभिनेत्री लक्ष्मी वर्देवाले आकर्षक अभिनय गरेका छन् ।
गायक मनिष ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो । यूट्युबमा झन्डै नौ लाख पटक हेरिएको उक्त गीतमा पनि कालीप्रसादकै शब्द तथा संगीत थियो भने भिडियोको निर्देशन निकेश खड्काले नै गरेका थिए ।
यस्तो त तिलहरीको भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...