एनआरएनए अस्ट्रेलिया अधिबेशनको तयारीमा 

नेतृत्वका लागि निर्बाचन जुलाई ८ मा र सातौ अधिबेशन २२ जुलाईका दिन कुईन्स्ल्यण्डमा हुने 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०७४
एनआरएनए अस्ट्रेलिया बिधिबत रुपमा नयाँ नेतृत्व चयन र अधिबेशनको प्रकृयामा गएको छ । २१ मे का दिन बसेको एनआरएनए अस्ट्रेलियाको कार्यसमितिको पूर्ण बैठकले अधिबेशनको मिति तथा स्थान तय गर्दै सम्पूर्ण अस्ट्रेलियाबासी एनआरएनएका सदस्यहरुलाई अधिबेशन र नयाँ नेतृत्व छान्ने प्रकृयामा सदा झैँ सहभागी हुन अनुरोध गरेको एनआरएनए अस्ट्रेलियाका प्रबक्ता डा ज्ञानेन्द्र रेग्मीले एक प्रेस बक्तब्य जारि गरि बताएका छन् ।  प्रबक्ता रेग्मीका अनुसार सम्पन्न  बैठकले बिभिन्न समसामायिक बिषयमा छलफल गरेको छ जस अनुसार पहिलो पटक एनआरएनए अस्ट्रेलियाको बार्षिक साधारण सभा एबम सातौ अधिबेशन ब्रिसबेनमा २२ जुलाईका दिन गर्ने निर्णय गरेको छ ।
यस अगाडी नै निर्धारण गरिएको जुलाई ८ को निर्बाचन सम्पन्न भइ सके पश्चात कार्यसमितिको पदभार हस्तान्तरण सहित बार्षिक साधारण सभा कुईन्स्ल्यण्डमा हुने निर्णय गरेको हो । त्यसैगरी बैठकले अबको चुनाब निर्बाचन समतिको निर्णयलाई सदर गर्दै बिधुतिय प्रबिधिबाट गरिने र त्यसको लागि निर्बाचन समितिलाई आवश्यक पर्ने सबै सहयोग गर्ने पनि निर्णय गरेको छ।
संस्थाको सदस्य संख्यामा अन्तिम समयमाआएको एक्कासी बढोत्तरी र यसले समुदायमा उठेका बिबिध प्रश्नहरु जुन समुदायका सदस्यहरु ले एनआरएनए मार्फत र अन्य बिभिन्न सामाजिक संजाल मार्फत उठाएका छन् ।  यसरी उठेका बिबिध प्रश्न, सदस्य बन्ने प्रकृया र सम्भावित अनियमितता बारे जांच बुझ गर्दै सम्बद्द सबै पक्ष सँग कुराकानी गर्न बैठकले एनआरएनए अस्ट्रेलियाका अध्क्षय सुरेन्द्र सिग्देल सहित, एनआरएनए एनएसडब्लु को-अर्डिनेटर दिनेश पोख्रेल र एनआरएनए अस्ट्रेलियाका पब्लिक अफिसर समिम अनवरको संयोजकत्वमा एक समित गठन गरेको छ।  आबश्यकता अनुसार यस समितिमा सदस्य थप्न सकिने ब्यबस्था पनि गरिएको प्रबक्ताद्वारा जारि बक्तब्यमा जनाइएको छ।