प्रधानमन्त्री दाहालद्वारा राजीनामा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । अहिले दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाले राजीनामा घोषणा गर्नु भएको हो । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुुनु भएको थियो । दाहाल २०६५ साल साउनमै पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो ।
गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिनु भएको हो । अब कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनु हुनेछ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक रुपमा रहेको समस्या र असमक्षदारी हटाएको बताउनु भयो ।
संविधान कार्यान्वयन स्वरुव स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको काम, भूकम्पपछि पुनर्निर्माण र पीडितलाई राहत वितरण लगायतका कार्य गरेको बताउनु भयो । त्यस्तै तराई र मधेस आन्दोलनका क्रममा साहदत प्राप्त प्रहरी र नागरिकलाई सहिद घोषणा र राहत वितरणको कार्य गरिएको बताउनु भयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...