पोखरामा एमालेका जिसी र गुरुङ विजयी

काठमाडौं– पोखरा महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मन्जुदेवी गुरुङ निर्वाचित भएका छन् । मेयरमा जिसीले कांग्रेस उमेदवार राजमी कुँवरभन्दा १४ हजार ७ मत बढी प्राप्त गरी निर्वाचित भए भने उपमेयरमा मन्जुले १२ हजार मत अन्तरमा कांग्रेस उमेदवार सरस्वती गुरुङलाई पराजित गरिन् ।
नतिजाको अन्तिम परिणाम अनुासर जिसीले ६०,४२३ मत प्राप्त गरे, उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६,४१६ मत पाए । उपमेयरमा एमालेका मन्जुले ५६ हजार ४४८ मत पाएकी छन् भने काग्रेस उमेदवार सरस्वतीले ४४ हजार ३३८ मत पाइन् ।
पोखरा महानगरमा कांग्रेस र माओवादीले गठबन्धन गरे पनि एमाले उमेदवारलाई हराउन सकेनन् ।
३३ वटा वडा रहेको पोखरामा २२ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने ११ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । चुनावी परिणाम आएपछि मेयरमा निर्वाचित जिसीले जनताको माया खेर जान नदिने प्रतिक्रिया दिए । उनले निर्वाचनअघि आफूले गरेको वाचा पुरा गर्ने प्रतिवद्धता गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...