अल्ट्रा ट्रायल दौडमा नेपाली सेनाका समिर बिजयी 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४
नेपाली सेनाका धाबक समिर तमाङ्गले ५० किलोमिटरको अल्ट्रा ट्रेल रेसको उपाधी जितेका छन् । अल्ट्रा ट्रेल २०१७ को प्रतिस्पर्धामा भागलिन केही दिन अघि अष्ट्रेलिया आएका तमाङले नेपालका भुकम्प पीडितको लागि काम गरिरहेकोले आफ्नो उपाधी पनि उनीहरुकै लागि समर्पित गरेको बताए । नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै तमाङ्गले यसपटकको प्रतिस्पर्धा कठिन भएको स्मरण सुनाउँदै भने, म लगभग जित्नेमा ढुक्क थिएं दौडको अन्त्यतिर बाटो बिर्सेंकोले झन्डै ५ मिनेट अलमलमा परेको भए पनि आफ्ना शुभचिन्तकहरु र बिशेषत साथी कुमार गुरुङ्गको सहयोग र हौसलाले गर्दा केही सेकेण्डको अग्रता लिएर भए पनि उपाधी जित्न सफल भएको उल्लेख गरे । अल्ट्रा ट्रेलका अन्य अन्तरराष्ट्रिय उपाधी जितिसकेका समिर तमाङले आफु जन्मेको ठाउँँ रामेछापमा भुकम्पले पुर्याएको क्षति पछि आफु गाउँको पुनर्निर्माणमा लागिपरेको सुनाए । हालसम्म १५ लाख रुपयाँ जुटाई सकेका तमाङ्गले मिल्यो भने अष्ट्रेलियामा पनि एउटा फण्ड रेजिङ कार्यक्रम राख्न सहयोगको लागि यहाँको नेपाली समुदाय संग अनुरोध गरेका छन् ।
समिर तमाङ्गले यो पटक एनएसडब्लुको ब्लुमाउन्टेनमा भएको प्रतिस्पर्धामा १६४९  धाबकहरुलाई उछिनेर उपाधी जितेपछी उनको चर्चा अन्तरराष्ट्रिय क्षेत्रमा शुरु भएको छ भने अष्ट्रेलियन मिडियाले पनि समिरका बारेमा चर्चा गरेका छन्  ।
समिरले यस दौडमा निकटतम प्रतिद्वन्द्वी स्टुवार्ट गिब्सनलाई दश सेकेन्डले पछी पार्दै उपाधि नेपाल र नेपाली सेनाको नाम राख्न सफल भएका हुन ।  चार घन्टा सात मिनेट ९ सकेन्डमा दौड पुरा गरेका उनलाई पछ्याउँदै गिब्सनले चार घन्टा सात मिनेट १९ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारेका थिए। समिर तमाङलाई यो पटक अष्ट्रेलियाको क्रेन्स निबासी समाजसेबी सोम तमाङ र सिड्नी बासी कुमार गुरुङ्गको सहयोगको पनि प्रसंशा गरे ।