एमाओवादी सांसद लामा गोलीसहित पक्राउ, ५ दिन थुन्न आदेश

पटकपटक विवादमा आउने गरेका एमाओवादी सांसद ल्यारक्याल लामा फेरी हतियार दुरुपयोगमा पक्राउ परेका छन । एकीकृत नेकपा माओवादी विवादास्पद सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । लगतै प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उपस्थित गराएर पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।
छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताए । उनले भने, ‘बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पर्यो ।’
गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । लगतै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको थियो । प्रहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाउन अनुसन्धानका लागि १० दिन म्याद माग गरेको थियो । प्रशासनले ५ दिन म्याद दिएको प्रशाशकीय अधिृकत कृष्ण गैह्रेले जानकारी दिए ।
फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वत. निलम्बन हुने कानुनी व्यवस्था छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...